जानकीमा नयाँ वर्ष तथा ईदको शुभकामना आदान–प्रदान

सदरलाइन संवाददाता २ बैशाख २०८०, शनिबार १५:५७
 

जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले नयाँ वर्ष २०८० तथा ईद मिलनको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

गाउँपालिका कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा लुम्विनी प्रदेश सभाका सदस्य बाद्शाह कुर्मीले आफु पनि ३ नम्वर क्षेत्रबाट निर्वाचित भएको र जानकी गाउँपालिका पनि सोही क्षेत्रमा नै पर्ने भएकोले शिक्षा, स्वास्थ्य, कृषि र सडक बाटोको जेजती गर्नुपर्ने सहयोग हुन्छ लुम्विनी प्रदेश सरकारबाट र व्यक्तीगत तर्फबाट गर्नुपर्ने बताए ।


कार्यक्रममा पालिका अध्यक्ष छब्बन खाँले पुराना कुरालाई बिर्सेर नयाँ वर्षमा नयाँ काम थाल्नुपर्ने बताए । साथै खाँले जानकी गाउँपालिकालाई उत्कृष्ट बनाउन नयाँ वर्ष २०८० ले सबै जना लाग्न प्रेरणा मिल्ने उनको विश्वास छ ।

कार्यक्रममा पालिकाकी उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकिय अधिकुत सिँहराज डाँगी, प्रवक्ता टिकानाथ यादव, वडा नम्वर ६ का अध्यक्ष जगदिश प्रसाद हरिजन, वडा नम्वर ४ का अध्यक्ष रमेश कुमार वर्मा, वडा नम्वर ३ का सदस्य उमेशकुमार कुर्मी, कार्यपालिका सदस्य राम आचल धोवी, शिक्षकहरु, विभिन्न राजनितिक दलका नेताहरु लगायतले आ आफनो धारण राखेका थिए । कार्यक्रममा पालिकाका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतका पूर्व सांसद अतीक र भाई अशरफको हत्या

२ बैशाख २०८०, शनिबार १५:५७
काठमाण्डौ : भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा पूर्व सांसद अतीक अहमद र उनका भाइ अशरफको हत्या गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी हिरासतमा रहेका उनीहरुको हत्या भएको हो । बयानका लागि प्रयागराज ल्याइएका दुवैको मेडिकल जाँच गराउन अस्पताल लैजाने क्रममा अकस्मात हमला भएर हत्या गरिएको भारतीय प्रहरीले बताएको छ । […]