बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

सदरलाइन संवाददाता २० असार २०७८, आईतवार १२:३४
 

बैतडी : सिगास गाउँपालिका–३ लगनमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

आइबार बिहान भएको दुर्घटनामा १० जना घाइते भएका छन्। जसमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।


मृत्यु हुनेमा सिगास–३ का ४५ वर्षीय मानसिंह साउद र ६४ वर्षीय रामसिंह धामी रहेका प्रहरी निरीक्षक खड्काले बताए । घाइतेहरू सबै वडा नम्बर ३ कै हुन् ।

से १ ज ७ सय ३९ नम्बरको जिप बिहान साढे ९ बजेतिर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल अस्पताल पठाउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउन सुगरसहित बर्दियामा एक जना पक्राउ

२० असार २०७८, आईतवार १२:३४
नेपालगञ्ज : लागुऔषध ब्राउन सुगरसहित बर्दियामा एक जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र बर्दिया प्रहरीको संयुक्त टोलीले बर्दिया मधुवन नगरपालिका वडा नं. ९ को सिर्जनशील टोलबाट कमल शर्मालाई १० ग्राम ४ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । लागुऔषध कारोबार भईरहेको छ भन्ने सुचनाका […]