लैंगिक समानता र रोजगारीमा पर्ने प्रभावबारे बर्दियामा संवाद

सदरलाइन संवाददाता २६ मंसिर २०७९, सोमबार १४:३२
 

नेपालगञ्ज : बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दिया जिल्लाको गुलरियामा सेवा प्रदायक र सेवाग्राहीबीच आयोजना लैंगिक समानता र त्यसको रोजगारी सिर्जनामा पर्ने प्रभाव सम्बन्धी संवाद कार्यक्रमको आयोजना गरिएको छ ।

क्लबले सञ्चालन गरेको पर्ल परियोजनाअन्तर्गत आयोजना गरिएको सो संवाद कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख सामाजिक विकास वरिष्ठ अधिकृत मुकुन्द अर्याल, उद्यम विकास शाखा प्रमुख तिर्थराज कँडेल, महिला विकास शाखाका प्रमुख शिला शाह, रोजगार शाखाका सहायक संयोजक अमि। खड्का, साना घरेलु उद्योग कार्यालयका केशवराज सिग्देल, शिक्षा शाखा प्रमुख सतिश यादव, उद्योग वाणिज्य संघ बर्दियाका उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठ र महिला उद्यमी समुहका उमा पन्थ लगायतको सहभागिता रहेको थियो ।


लैङ्गिक समानता र त्यसको रोजगारीमा पार्ने प्रभाव र लैङ्गिक समानतालाई प्राथमिकतामा राखेर रोजगारीका अवसरलाई कसरी सन्तुलनमा राख्ने भन्ने विषयमा छलफल गरेर निष्कर्शमा पुग्न सो संवाद र अभिमुखिकरणको आयोजना गरिएको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द लापमछानेले बताए । कार्यक्रमको सञ्चालन बसन्त बुढाथोकीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाजरकोटमा जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु

२६ मंसिर २०७९, सोमबार १४:३२
नेपालगञ्ज : जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाका अनुसार उपचारका लागि लगिएका थप एक घाइते जयलाल अधिकारीको पनि बाटोमै मृत्यु भएको छ । छेडागाड नगरपालिका–५ मा हिजो अपराह्न ४ बजे कर्णाली प्रदेश ०२००१ च ०४२९ […]