बुधवार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

सदरलाइन संवाददाता २४ मंसिर २०७७, बुधबार १२:४०
 

नेपालगञ्ज : ‘सदाचारका साथ पुनरुत्थान’ भन्ने नाराका साथ बुधवार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ ।

राष्ट्रसङ्घको महासभाले भ्रष्टाचारविरुद्ध संयुक्तरूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरेको थियो । सन् २००५ देखि लागू भएको यो महासन्धिलाई नेपालले पनि अनुमोदन गरिसकेको छ ।


महासन्धिअनुसार नै नेपालले सम्पत्ति शुद्धिकरण गठन गरेको छ । हरेक वर्ष भ्रष्टाचारविरुद्ध विभिन्न कार्यक्रम हुँदै आएका छन् । तर, यति हुँदाहुँदै पनि नेपालमा भ्रष्टाचार न्यूनिकरण हुन सकेको छैन ।

केही समय अघि सार्वजनिक भएको ट्रान्सपेरेन्सी इन्टरनेशनलको प्रतिवेदनले नेपालमा भ्रष्टाचार झन् बढेको देखाएको थियो । प्रतिवेदनले सरकारले नै भ्रष्टाचारलाई संरक्षण दिइरहेको दाबी गरेको थियो । तर सरकारले भने यो प्रतिवेदन राजनीतिक पूर्वाग्रह राखेर बनाइएको भन्दै अस्वीकार गरेको छ ।

Next Post

बाँके प्रशासनमा एसीसहितको ‘सेवाग्राही कक्ष’

२४ मंसिर २०७७, बुधबार १२:४०
नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधवारदेखि सेवाग्राहीका लागि एसीसहितको सेवाग्राही कक्ष सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा र बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले उक्त कक्षको संयुक्तरूपमा उद्घाटन गरे । नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडाको एकएक लाख रुपैयाँ सहयोगमा एसीसहितको उक्त कक्षको निर्माण गरिएको […]