नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगरसहित एक युवक पक्राउ

सदरलाइन संवाददाता २ बैशाख २०८०, शनिबार १३:११
 

नेपालगञ्ज : नेपालगञ्ज विमानस्थलबाट ठुलो परिमाणमा ब्राउनसुगरसहित प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ ।

नयाँ वर्षका दिन नेपालगञ्ज विमानस्थलबाट श्री एअरलायन्सको उडानबाट काठमाडौँ जाँदै गरेका कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमुल क्षत्रीलाई ४५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।


नयाँ वर्षको बिहान साढे ९ बजेको श्री एयरलाइन्सको फ्लाइटबाट काठमाडौं जाँदै गरेका क्षत्रीलाई विमानस्थल प्रहरीले शंका लागेर चेकजाँच गर्दा त्यति ठुलो परिमाणमा ब्राउनसुगर बरामद गरेको हो ।

क्षत्रीलाई प्रहरीले हिरासतमा लिएर लागूऔषध कसुरमा अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विस्थापित हुँदै नेपालगञ्जका होटल व्यवसायी

२ बैशाख २०८०, शनिबार १३:११
नेपालगञ्ज : पछिल्लो एक दशक यता नेपालगञ्जमा स्तरीय होटलको संख्यामा ह्वात्तै बृद्धि भयो । तारेदेखी सामान्य होटलको संख्या यहाँ अधिक मात्रामा रहेको छ । होटलमा लगानी गरेर आर्थिक समृद्धि ल्याउने यहाँका ब्यवसायीको सपना भने पुरा हुन सकेको छैन । आर्थिक मन्दी र बैंकको ऋणका कारण नेपालगञ्जका व्यवसायी विस्थापित हुने अवस्थामा […]

सम्बन्धित