चार सयको नमूना परीक्षण : कसैमा कोरोना भेटिएन

२४ फाल्गुन २०७६, शनिबार १४:०३
 

सदरलाइनडटकम,
काठमाण्डौ : सरकारले कोरोना भाइरसको आशंकामा अहिलेसम्म ४ सय भन्दा धेरैको नमूना परीक्षण गरेको छ । अहिलेसम्म चीनबाट ल्याइएका १ सय ७५ जनासहित कोरोना भाइरससँग लक्षण मिलेका ४ सय ३७ जनाको स्वास्थ्य परीक्षण गर्दा कसैमा पनि कोरोना नपाइएकाले नआत्तिन तर सचेत रहन मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आग्रह गरे ।
गत माघ ९ गते चीनबाट आएका एकजनामा कोरोना भएको पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेका र शंका लागेका अरुको पनि नमुना परीक्षण गर्दा बाँकी कसैमा पनि कोरोनाको संक्रमण नपाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती व्यक्ति पनि अहिले पुरै निकै भईसकेको मन्त्रालयले जनाएको छ ।
उनमा कोरोना भएको पुष्टि भएयता सरकारले कोरोना प्रभावित देशबाट आएका नागरिक, उनीहरुको सम्पर्कमा पुगेका व्यक्ति र परिवारका सदस्यमा पनि लक्षण देखिए परीक्षण गर्न थालेको छ । कोरोनाको जोखिम बढेपछि सरकारले कोरोनाको शंका लागेका व्यक्तिलाई काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेशनमा राख्ने गरेको छ ।
अहिलेसम्म आइसोलेसनमा राखिएका २७ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएपछि घर पठाइएको छ भने अहिले पनि पाँच जनालाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ । आइसोलेशनमा राखिएका व्यक्तिमा मनोवैज्ञानिक त्रास भएपछि अस्पतालले मनोपरामर्शदाता राख्ने तयारी गरेको छ ।
आइसोलेशनमा राख्ने वित्तिकै उनीहरु कोरोना संक्रमित भएको भनेर नबुझ्न पनि डाक्टरले आग्रह गरेका छन् । उनीहरुमा कोरोना भए बाहिर निस्कँदा अरुलाई पनि सर्ने जोखिम भएकाले मात्रै सुरक्षित तरिकाले राखिएको हो ।
कोरोनाको जोखिम भएपनि नआत्तिन तर सतर्क रहन र जोगिने उपाय अपनाउन सरुवा रोग विशेषज्ञ डाक्टरहरुले सुझाव दिएका छन् । भीडभाडमा नजाने, अत्यावश्यक काम नपरि घर बाहिर ननिस्कने, घर फर्किएपछि कम्तिमा ३० सेकेण्ड साबुनपानीले मिचिमिचि हात धुने, विरामीको छेउमा जाँदा अनिवार्य मास्क लगाउने, खोक्दा र हाच्छँयू गर्दा नाक र मुख छोप्न तथा ज्वरो आउने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिए स्वास्थ्य संस्थामा गइहाल्नुपर्ने डाक्टरहरुको सुझाव छ ।

Next Post

कोरोनाका कारण फ्रेन्च लिग स्थगित

२४ फाल्गुन २०७६, शनिबार १४:०३
सदरलाइनडटकम, काठमाण्डौ : विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि फ्रेन्च लिग वान फुटबलका खेलहरु स्थगित भएका छन् । शनिवार रातीका लागि तय गरिएको पेरिस सेन्ट–जर्मेन (पिएसजी) र स्ट्रास्बर्गबीचको खेल स्थगित भएको हो । फ्रान्समा शीर्ष लिगको खेल कोरोना भाइरसका कारण रोकिएको यो पहिलो पटक हो । स्थगित भएको खेल फेरि कहिले […]

ताजा अपडेट