बाँकेको विकासका लागि सांसद ढकालद्वारा मन्त्री लिङ्देनसँग भेटघाट

सदरलाइन संवाददाता १९ माघ २०७९, बिहीबार १४:१२
 

नेपालगञ्ज : बाँके क्षेत्र नं.१ बाट निर्वाचित सांसद सुर्य प्रसाद ढकालले उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र प्रसाद लिङ्देनसँग भेटघाट गरेका छन् ।

ढकालले बाँकेको राप्ती नदि कटान, डुडुवा नदि कटान, सिक्टा नहरका कामहरु बारे मन्त्री राजेन्द्र प्रसाद लिङ्देनलाई जानकारी गराएको बताएका छन् ।


बाँकेको विकासका लागि प्रत्येक मन्त्रालयहरुमा योजना माग गर्ने जस्ता कामहरु गरिरहेको उनले उल्लेख गरे । ढकालले मुख्यरुपमा तीन तहका सरकार बिच समन्वय र सहकार्य गर्ने काम भइरहेको समेत जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिमसार दिवसका अवसरमा राप्तीमा १० वटा गोही छाडिए

१९ माघ २०७९, बिहीबार १४:१२
नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जले बर्दिया निकुञ्जबाट ल्याएर १० वटा गोही (घडियाल) बाँकेको राप्ती नदीमा छोडेको छ । सिमसार दिवसको अवसरमा बर्दियाबाट ल्याइएको गोही लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसीले राप्तीसोनारी गाउँपालिका –१ स्थित राप्ती नदीमा छोडेकी हुन् । सो अवसरमा बोल्दै मन्त्री केसीले सिमसार क्षेत्रको पुनर्स्थापना आजको प्रमुख आवश्यकता भएको […]