तारा एयरलाई कारवाही गर्न बाँके प्रशासनको सिफारिस

सदरलाइन संवाददाता २८ बैशाख २०७९, बुधबार १६:२६
 

नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले तारा एयरलाई कारबाही गर्न सिफारिस गरेकोछ ।

नेपालगन्जदेखि जुम्ला गएको तारा एयरको जहाजले यात्रुलाई नेपालगन्जमै छुटाएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले कारवाहीको लागि सिफारिस गरेको हो ।

जुम्ला चन्दननाथ नगरपालिका–७ का गोविन्दबहादुर महतले आफूले तारा एयरको ईटिकट काटेर विमानस्थलमा पुगेको तर, जहाज समय अगावै जुम्ला उडाएका कारण आफू छुटेको भन्दै कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय बाँकेले तारा एयरलाई कारवाही गर्न नागरिक उड्यन प्राधिकरण नेपालगन्जलाई पत्रचार गरेको छ ।


महतले आफू काठमाडौंबाट नेपालगन्ज आएको, जुम्लाका लागि ईटिकट काटेर वोर्डिङ समेत गरिसकेपछि छुटाएको भन्दै जाँचबुझ गर्न माग गरेका थिए ।

‘टिकटमा एक बजेको समय दिएको छ तर, अगावै जहाज उडाउँदा समस्या भयो’ महतले बताए । आफु समय अगावै विमानस्थलमा जाँदा उल्टै कर्मचारीबाट असहयोग पाएको उनले बताए ।

नेपालगन्ज यति एयरलाइन्सका स्टेशन म्यानेजर दीलिप कार्कीले मौसमका कारण जहाज केही चाँडै उडाइएको बताए । महत भने बोर्डिङ गरेर बाहिर गएकाले छुटेको उनको दावि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खेलाडी सन्जुको राप्तीसोनारीमा अन्त्येष्टि

२८ बैशाख २०७९, बुधबार १६:२६
नेपालगञ्ज : भारत्तोलनकी राष्ट्रिय खेलाडी एबं १३औं दक्षिण एसियाली खेलकुदकमा स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरीको बुधवार बाँकेस्थित राप्तीसोनारी गाउँपालिकामा अन्त्येष्टि गरिएको छ । मंगलवार विहान ललितपुर जिल्लाको लुभुस्थित आफू बसेको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी सञ्जुको शवलाई पाटन अस्पतालमा पोष्टमार्टम गरी बुधवार बाँके ल्याइएको थियो । अन्त्येष्टि अघि उनको […]