नेपालगञ्जमा मिलन चक्रेसँग बन्दुकसहित हिँडेका बोगटी पक्राउ

सदरलाइन संवाददाता २८ चैत्र २०७९, मंगलवार १३:३४
 

नेपालगञ्ज : बाँकेमा जारी राष्ट्रिय युवासंघको नवौं राष्ट्रिय महाधिवेशनस्थलमा बन्दुकसहित देखिएका गणेशबहादुर बोगटीलाई प्रहरीले पक्राउ गरेको छ ।

सार्वजनिक भएको भिडिओमा बन्दुक बोकेर नेकपा एमाले निकट डन मिलन चक्रेको सुरक्षा दिएको जस्तो देखिन्छ । उक्त भिडिओ आइतबारको हो ।

महाधिवेशनस्थलमा बोगटी बन्दुकसहितसहित देखिएको सार्वजनिक भएपछि उनलाई सोमवार राती पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रहरीले उनीबाट हतियार पनि बरामद गरेको छ । हतियार अनुमति प्राप्त भएपनि खुलेआम लिएर हिँड्न नपाइने भएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाँके प्रहरीले पक्राउ परेका बोगटीलाई कुन मुद्दा चलाउने बारेमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

व्यापारीहरुद्वारा कोहलपुर बजार बन्द

२८ चैत्र २०७९, मंगलवार १३:३४
नेपालगञ्ज : कोहलपुरका उद्योगी तथा ब्यापारीहरुले कोहलपुर बजार बन्द गरेका छन् । बैंकहरुको चर्को ब्याजदरका कारण ब्यापार ब्यवसाय धरासय भएको भन्दै व्यापारीहरुले कोहलपुर आज बजार बन्दको आह्वान गरेका हुन् । ब्यावसायिक हक हित संरक्षण समितिले मंगलवार कोहलपुर बन्दको आह्वान गर्दै आन्दोलनको घोषणा गरेको हो । सुरुवातमा ३ दिन आन्दोलनको कार्यक्रम […]