नेपालगञ्ज : कोभिड–१९ रोकथामका लागि बर्दियाको बढैयाताल र मैनापोखरमा सचेतनामुलक र्यालीसहित मास्क वितरण गरिएको छ । बढैयाताल युवा संजाल र बास बढैयाताल उपशाखाको आयोजना करीब ४ हजार मास्क वितरण गरिएको हो ।
संजालका अध्यक्ष शम्भु थारुको अध्यक्षतामा बढैयाताल गाउँपालिका वडा नं. ४ मा कार्यक्रम गरिएको थियो भने बास उपशाखाकी अध्यक्ष संजीता चौधरीको अध्यक्षतामा मैनापोखरमा र्यालीसहित मास्क वितरण गरिएको छ ।
कार्यक्रममा बढैयाताल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले कोरोनाबाट बच्नका लागि मास्क लगाउनुनै उत्तम विकल्प भएको बताए । यस्तै बढैयाताल उद्योग बाणिज्य संघका द्धितीय उपाध्यक्ष प्रेमराज त्रिपाठीइले प्रत्येक टोलमा प्रभावकारीरुपमा मास्क वितरण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बढैयाताल बडघर संजालका अध्यक्ष पर्शुराम थारु, वडा नं. ४ का अध्यक्ष कर्ण बहादुर थापा, बास बाँसगढी उपशाखा अध्यक्ष राजसिँह चौधरी, मैनापोखरका समाजसेवी लल्लु थारुलगायत बुद्धजीवि, समाजसेवीहरुको सहभागिता थियो ।