सोह्र दिने अभियानअन्तर्गत नरैनापुरमा र्याली

२४ मंसिर २०७५, सोमबार १५:४९
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा र्याली निकालिएको छ । अभियानको सोमवार अन्तिम दिन गाउँपालिकामा र्याली निकालेर कोणसभा गरिएको हो ।
सय भन्दा बढीको संख्यामा सहभागी र्याली गाउँपालिका कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने बक्ताहरुले लैंगिकताका आधारमा हुने हिंसा अन्त्य नभएसम्म समाजको विकास सम्भव नहुने बताएका थिए । हिंसा अन्त्य गर्न सबैले उत्तिकै दायित्ववोध गर्नुपर्ने बक्ताहरुको जोड थियो । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले छोराछोरी समान भएकाले विभेद नगरी सबैलाई शिक्षित बनाउन सके मात्र हिंसा अन्त्य हुने बताए ।
लैंगिक हिंसा र विभेद कसैलाई स्विकार्य नहुने उनले बताउनुभयो । उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तवले महिला र पुरुष समान हुन् भन्ने कुरा बोध गरेर अघि बढे लैंगिक हिंसा अन्त्य हुने धारणा राखिन् । प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले लिङका आधारमा गरिने हिंसाले कसैको भलो नगर्ने भन्दै सबै खाले हिंसा अन्त्य गर्न प्रत्येक नागरिक दृढ इच्छाशक्तिका साथ लाग्नुपर्ने बताए ।
कोणसभामा महिला तथा बालबालिका शाखा नरैनापुरकी प्रमुख कृष्णाकुमारी चन्दले लिङको आधारमा हुने हिंसाले समाजको गति रोक्ने भन्दै यसलाई अन्त्य गर्न सबै लाग्नुपर्ने जिकिर गरिन् ।

Next Post

औपचारिकता मै सकियो १६ दिने अभियान

२४ मंसिर २०७५, सोमबार १५:४९
सदरलाइन /सपना विष्ट , नेपालगञ्ज  : बाँकेमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन औपचारीक तथा सचेतनामुलक र्याली निकालेर समापन गरिएको छ । नेपालगञ्ज उप–महानगरपलिका महिला शाखाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा अन्तिम दिन र्याली निकालेर कोणसभा गरिएको थियो । ‘लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार’ […]