दाङमा फरार भएका थुनुवा नेपाली पक्राउ

सदरलाइन संवाददाता १३ कार्तिक २०८०, सोमबार १४:११
 

दाङ : दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रहरीलाई झुक्याएर फरार भएका १९ वर्षीय विवेक नेपाली पक्राउ परेका छन् ।

आज बिहान अस्पतालको शौचालयबाट भागेका १९ वर्षीय नेपाली करिब २ घण्टापछि पक्राउ परेका हुन् ।

घोराही उपमहानगरपालिका–१७ का नेपाली मोवाइल चोरी गरेको अभियोगमा शनिबार पक्राउ परेका थिए ।


सोमबार बिहान साढे ९ बजे उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य चेक जाँचको लागि लगिएको थियो । शौचालय जाने भन्दै उनको हतकडी समेत खोलिएको थियो । पछि उनी प्रहरीलाई छलेर भागेका थिए ।

उनी घोराही–१८ नवलपुरको नाला छेउमा लुकेर बसेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

फरार भएका नेपालीलाई खोज्न डिएसपी जनक मल्लको कमान्डमा टोली खटिएको थियो । उनलाई बिहान ११ः४० बजे पुनः पक्राउ गरिएको हो । नेपालीलाई क्षेयरोग भएको आशंकामा अस्पताल लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित बाँकेमा तीन जना पक्राउ

१३ कार्तिक २०८०, सोमबार १४:११
नेपालगञ्ज : बाँकेमा एक ग्राम तीन सय मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोझीबाट २१ वर्षीया निलु वली, २१ वर्षीया लक्ष्मी बुढामगर र २१ वर्षीय विनोद तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ […]

सम्बन्धित