नेपालगञ्ज : दाङबाट काठमाडौं पुर्याउनुपर्ने यात्रुलाई बिना जानकारी नेपालगञ्ज पुर्याउने सीता एयरलाइन्समाथि नेपाल नागरिक उड्डयन प्राधिकरणले छानविन शुरु गरेको छ । गत चैत १५ गते तुलसीपुरबाट १४ जना यात्रु लिएर काठमाडौंका लागि उडेको सीता एयरको जहाज नेपालगञ्जमा अवतरण गराएर हुम्ला उडेको थियो ।


सोही विषयबारे विभिन्न सञ्चार माध्यममा समाचार छापिएपछि नियामक निकाय प्राधिकरणले छानविन गर्ने भएको हो । जहाज हुम्लाबाट फर्किएपछिमात्रै यात्रुलाई काठमाडौं ल्याउने भनिएको थियो । तर यात्रुले विरोध गरेपछि उनीहरूलाई बुद्ध र श्री एयरको जहाजमार्फत काठमाडौं पुर्याइएको थियो ।