नेपालको पत्रकारितामा कोभिड–१९ को असर प्रतिवेदन सार्वजनिक

३ भाद्र २०७७, बुधबार १८:२८
 

 

नेपालगञ्ज : नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यस्थित बर्नमोथ विश्वविद्यालले संयुक्त रुपमा सञ्चालन गरेको विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड–१९) को असर प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ ।

कोभिड–१९ का कारणले नेपालको पत्रकारिता क्षेत्रमा देखिएको असर राष्ट्रिय सर्वेक्षणले कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिक रुपमा गम्भीर असर पारेको र सञ्चार माध्यमका सामग्रीको उत्पादनसमेत घटेको देखाएको छ ।

बुधबार एक भर्चुअल समारोहमा अर्थ र सञ्चार सूचना तथा प्रविधि मन्त्री युवराज खतिवडाले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको प्रतिबेदनमा पत्रकारहरु चरम आर्थिक मारमा परेको सर्वेक्षणको नतिजाले देखाएको छ । सर्वेक्षणमा सहभागी ७४ प्रतिशत पत्रकारहरु आर्थिक रुपमा प्रभावित भएका छन्, जसमध्ये ३८ प्रतिशतले आफूहरु पारिश्रमिक कटौतीमा परेको बताएका छन् ।

असार २६ देखि साउन ९ गतेसम्म देशका ७ वटै प्रदेशबाट सबै खालका मिडियाको प्रतिनिधित्व हुनेगरी १ हजार १ सय ३४ जना क्रियाशील पत्रकारहरुका बीचमा गरिएको सो सर्वेक्षणले अधिकांश पत्रकारहरुको मानसिक स्वास्थ्यमा असर पु¥याएको देखाएको छ ।

सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा डा. चिन्दु श्रीधरण, बर्नमोथ विश्वविद्यालय, संयुक्त अधिराज्यले प्रतिवेदनमाथि प्रकाश पारेको कार्यक्रममै वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले टिप्पणी गरेका थिए ।


भर्चुअल समारोह एनपीआईका अध्यक्ष निलकण्ठ उप्रेतीको अध्यक्षता तथा प्रमुख अतिथि अर्थ र सञ्चार सूचना तथा प्रविधि मन्त्री युवराज खतिवडा रहेको कार्यक्रममा स्वागत मन्तव्य नेपाल प्रेस इन्स्टिच्यूटका महासचिव वरिष्ठ पत्रकार लक्ष्मण हुमागाईंले गरेका थिए ।

कार्यक्रममा बर्नमोथ विश्वविद्यालय, संयुक्त अधिराज्यका प्राध्यापक आइनर थोर्सन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे)का अध्यक्ष पत्रकार अमिका राजथला, वरिष्ठ पत्रकार मोहन भण्डारी लगायतले आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रममा एनपीआईका कार्यकारी निर्देशक वरिष्ठ पत्रकार लक्ष्मण उप्रेतीले सहजिकरण गरेका थिए ।

नेपाल प्रेस इन्ष्टिच्यूट यस महत्वपूर्ण सर्वेक्षणमा सघाउने सबै पत्रकार तथा सहयोगी संस्थाहरुप्रति आभार प्रकट गर्दै आम सञ्चार शिक्षा तथा यस सम्बन्धी नीति निर्माणमा यस सर्वेक्षणले सघाउने विश्वास रहेको कुरा एनपीआईका अध्यक्ष उप्रेतीले बताए । कार्यक्रममा सातवटै प्रदेशबाट वरिष्ठ पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

 

 

Next Post

प्रदेस सभा सदस्य नमुनासहित २८ जना कोरोना मुक्त भएर घर फर्कदै

३ भाद्र २०७७, बुधबार १८:२८
नेपालगञ्ज : पाँच नंम्बर प्रदेश सभासदस्य कृष्णा केसी नमूनासहित २८ जनाले आज कोरोना जितेर घर फर्कदै छन् । १३ जना महिलासहितका २८ जना जिल्लाका विभिन्न आईशोलेशन अस्पताल तथा अईशोलेशन सेन्टरमा बस्दै आएको जिल्ला कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए । आज बिहीबार डिस्चार्ज हुनेहरुमा अधिकाँश नेपालगञ्जका रहेका छन् । […]