बर्दियाली महिला बाँकेमा मृत अबस्थामा फेला

२८ चैत्र २०७४, बुधबार १३:४७
 


सदरलानडटकम
२८ चैत, नेपालगन्ज :  बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ बसपार्क स्थित एक महिलाको शब फेला परेको छ । बर्दिया बाबानगरपालिका वडा नं. ३ बस्ने अन्दाजी २८ बर्षिया कल्पना शाही नाम गरेकी महिला मृत अबस्थाम फेला परेकी हुन ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक निरन्जन घिमिरेका अनुसार उनी कोहलपुरमा बसपार्क बरीपरी बेला बेलामा नसामा भेटीने गरेको जानकारी गराए । मृतक शाहीका श्रीमान नेपाली सेनामा कार्यरत रहेका र हाल उनी शान्ति मिसनमा गएको पनि उल्लेख गरेको छ । मृतकको ७ बर्षिया छोरा समेत रहेको प्रहरीले जानकारी दिएको छ । मृतक शाहीलाई पोस्टमार्टमका लागी लैजाने तायरी गरिको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Next Post

पुर्वप्रधानमन्त्री देउवालाई राप्तीसोनारी गाउँपालिकामा भब्य स्वागत

२८ चैत्र २०७४, बुधबार १३:४७
सदरलाइनडटकम २८ चैत, नेपालगन्ज :  पुर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बाँकेको राप्तीसोनारी गाउँपालिकामा भब्य स्वागत गरिएको छ । बाँकेको अगैयास्थित गाउँपालिका कार्यालय परिसरमा गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकिय अधिकृत नोखिराम ओली, वडाअध्यक्ष, गाउँकार्यपालिका सदस्य, वडासदस्य, नेपाली कांग्रेसका नेता, कार्यकर्ता लगायतले देउवालाई बुधबार बिहान भब्य […]