फत्तेपुर जंगलमा मरेको चितुवा फेला

सदरलाइन संवाददाता २० चैत्र २०७९, सोमबार १२:२७
 

राप्तीसोनारी (बाँके) : राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको जंगलमा चितुवा मरेको अवस्थामा फेला परेको छ । राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समुह ब्लक नम्बर ३ को संरक्षित वनक्षेत्र भित्र चितुवा मरेको अवस्थामा फेला परेको वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेलले जानकारी दिए ।

‘सडेंगलेको अवस्थामा चितुवा फेला परेको छ,’ सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै उनले लेखेका छन् । उक्त स्थानमा अनुसन्धान गर्ने केही बस्तु फेला परेको वडाअध्यक्ष खरेलले बताए । यस विषयमा सम्बन्धित निकायले अनुसन्धान गर्नुपर्ने उनको सुझाव छ ।


‘सम्बन्धित निकायको अनुसन्धानले के गर्छ हेर्न बाँकी छ,’ खरेलले भने । उक्त सामुदायिक वन डिभिजन वन कार्यालय बाँकेको कार्यक्षेत्रमा पर्दछ । गतवर्ष सोही क्षेत्रमा पाटेबाघले मान्छेमाथी निरन्तर आक्रमण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगर विकास समितिलाई वाइसीएलको ज्ञापन पत्र

२० चैत्र २०७९, सोमबार १२:२७
कोहलपुर (बाँके) : कोहलपुर नगरविकास समितिले पूर्व सहमति अनुसार गरिएको भाडादर घटाएर आफ्नो मनपरि ढङ्गले भाडादर कायम गरेको प्रति आपत्ति जनाउँदै वाइसीएल कोहलपुरले नगर विकास समितिका अध्यक्ष पुर्णप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापन पत्रमा भनिएको छ “बाके जिल्ला कोहलपुर नगरपालिकाको स्वामित्वमा रहेको नगर विकास समितिको गत मंसिर २६ गते […]