कृषि क्याम्पसको मुख्यमन्त्री पोख्रेलद्वारा उद्घाटन

१७ फाल्गुन २०७६, शनिबार १७:२४
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले खजुरामा सञ्चालनमा आएको कृृषि क्याम्पसले एउटा नमुना मोडेल प्रस्तुत गर्नुपर्ने बताएका छन् । क्याम्पस सामान्य ज्ञान हासिल गर्ने थलोको रुपमा मात्र नभई इजरायली मोडेलमा बसेको खजुराको बस्तीमा इजरायल भन्दा कृषिमा राम्रो नमुना प्रस्तुत गर्ने विद्यार्थी उत्पादन गर्ने योजना बनाउनु पर्ने बताए ।
बाँकेको खजुरा–३ मा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय प्राकृतिक स्रोत व्यवस्थापन कलेजको शनिवार उद्घाटन तथा भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
क्याम्पसबाट नमुना विद्यार्थी उत्पादन हुनुपर्ने बताउँदै मुख्यमन्त्री पोख्रेलले ५४ विद्यार्थीको कोटा रहेकोमा हरेक विद्यार्थीले किसानको जीवनस्तरमा परिवर्तन ल्याउन प्रयत्नशील हुनुपर्ने बताए । गुरुयोजनाका साथ क्याम्पसलाई अगाडी बढाउन आग्रह गर्दै मुख्यमन्त्री पोख्रेलले पूर्वाधार निर्माणको चुनौती रहेको उक्त क्याम्पसलाई विश्वविद्यालय अनुसन्धान आयोगमा प्रस्ताव गर्न आग्रह गरे । उनले सरकारले ज्ञान, सीप, चेतना र प्रविधि दिनुपर्ने र जनता उत्पादनमा जोडिनु पर्ने बताए ।
कार्यक्रममा प्रदेश सांसद आइपी खरेलले साझा प्रयत्नबाट मात्र विकास सम्भव भएको भन्दै विकासको दायित्व र जिम्मेवारी लिन सबैलाई आग्रह गरे । जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीलगायतले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा क्याम्पसलाई नमुना बनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका डिन जयप्रकाश दत्तले प्रदेश र स्थानीय सरकारको सहयोगमा कृषि क्याम्पसलाई नमुना बनाउने प्रतिवद्धता जनाए । गत फागुन ११ गतेदेखि स्नातक तह प्रथम वर्ष कृषि विज्ञानको पठनपाठन शुरु भएको बताउँदै क्पाम्पस प्रमुख डा. कृष्णहरि ढकालले अध्यापन, अनुसन्धान र कृषि प्रसार मुख्य उद्देश्य भएको बताए ।


Next Post

बालविवाह नियन्त्रणबारे प्रहरी र अभिभावकबीच छलफल

१७ फाल्गुन २०७६, शनिबार १७:२४
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा बालविवाह गर्न पाउने आवाज उठिरहेका बेला प्रहरीले समुदायबीच छलफल गरेको छ । १६ वर्षमै छोरीको विवाह गर्न पाउनु पर्ने मागसहित बाँकेमा आन्दोलन चर्किरहेका बेला प्रहरीले धर्मगुरु तथा अभिभावकसंग शनिवार छलफल गरेको हो । छलफलमा प्रहरी तथा कानुन व्यवसायीले नेपालको संबिधानमा रहेको व्यवस्था, ऐन कानूनमा रहेको सजायबारे […]

सम्बन्धित