नेपालगञ्जका सडकमा बेवारिसे छाडिँदै पशु

सदरलाइन संवाददाता ८ फाल्गुन २०८०, मंगलवार १४:००
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगर–पालिकामा पटकपटक छाडा पशुको व्यवस्थापनको विषय उठ्ने गरेको छ । सामाजिक सञ्जाल होस् वा उपमहानगरपालिकाले गर्ने सार्वजनिक सुनुवाई छाडा पशुचौपाया व्यवस्थापनको विषय उठ्ने गरेको छ । नगरमा फेला पर्ने छाडा छाडिएका मध्ये अधिकांस गाई, गोरु हुने गरेका छन् ।

गाई पाल्ने र दुध दिन पछि छाड्ने, साँढे पाल्ने कृषि प्रयोजनमा आउन नसकेपछि छाड्ने, खुला सीमा रहेकाले भारतबाट समेत गाई, गोरु विभिन्न नाकाबाट नेपाल तर्फ छाडिदिंदा नेपालगञ्ज उपमहानगरपालिकामा गाई, गोरु बेवारिसे अवस्थामा सडकमा फेला पर्ने गरेका हुन् ।

नेपालगञ्ज उपमहानगर–पालिकाले छाडा पशु व्यवस्थापनको प्रयास नगरेको होइन । तर, त्यो दीर्घकालीन र पर्याप्त हुन नसक्दा आलोचित हुने गरेको छ ।

छाडा पशुले नगर क्षेत्र अन्तर्गत पर्ने किसानहरू पनि समस्यामा छन् । किसानहरू लगाइएको उत्पादन जोगाउनका लागि दिनरात खेतमा पहरा दिनुपर्ने अवस्था रहेको छ ।

बजार क्षेत्रमा ठुलो संख्यामा छाडा पशु चौपाया हुंँदा एकातिर सहरको सुन्दरता बिग्रिएको छ भने अर्को तिर दिनौँ सवारी दुर्घटना बढाएको छ । खास गरि बजार क्षेत्रको मुल सडकमै जथाभावी रूपमा साँढे गाई, खच्चड, भुस्याहा कुकुर रहनुले सडकमा आवत जावत गर्ने सवारी साधनहरूलाई समस्या बनाएको हो ।

स्थानीय भन्दा भारतबाट आउने पशुचौपाया नगरका लागि चुनौती बनेका हुन् । सडक तथा बजार क्षेत्रमा भएका छाडा चौपायालाई पटक पटक नियन्त्रणमा लिइ कान्जी हाउसमा राख्ने गरिएको भए पनि भारतमा आउने क्रम नरोकिंदा छाडा चौपाया ब्यवस्थापनमा अहिले सुस्त छ । केही दिनमा सडकमा संख्या उस्तै हुने गरेपछि उपमहानगरपालिकाका लागि छाडा पशु चौपाया व्यवस्थापन चुनौति बनेको छ ।


हालै नेपालगञ्ज उपमहानगरपालिकाले गरेको सार्वजनिक सुनुवाईमा पनि बजारमा छाडा पशु नियन्त्रण कहिले हुने भन्ने प्रश्न गरिएको थियो ।

नेपालगञ्ज नगर प्रमुख प्रशान्त विष्ट छाडा पशु व्यवस्थापन नेपालगञ्जको मात्रै नभई तराईका सबै जसो स्थानीय तहको रहेको बताउँछन् । ‘एक पटक व्यवस्थापन गर्दैमा समाधान हुँदैन, निरन्तर छाडा पशु थपिंदा व्यवस्थापन समस्या हुने गरेको छ’, उनी भन्छन् ।

नेपालगञ्ज नगर प्रमुख विष्टले अन्तर स्थानीय तह समन्वय गरी राप्तीसोनारी गाउँपालिकामा ४ सय गाई, गोरु राख्न सक्ने व्यवस्था मिलाइएको बताए । ‘५० जति यसअघि पठाइएको छ, अब थप ३ सय ५० त्यहाँ राख्न सकिन्छ’, नगर प्रमुख विष्ट छाडा पशु व्यवस्थापनको चुनौति उल्लेख गर्दै भन्छन् ।

नगर प्रमुख विष्ट प्रादेशिक स्तरमै ठूलो संख्यामा छाडा पशु व्यवस्थापनको व्यवस्था गर्नुपर्ने धारणा राख्छन् । ‘यो समस्यबारे हामीले प्रदेश सरकारलाई पनि अवगत गराइसकेका छौं’, उनी भन्छन् ।

‘प्रदेशमा दाङ्गसम्म एउटा र दाङ्गदेखि यता एउटा गौशाला आवश्यक छÞ, नगर प्रमुख विष्टले भने, ‘त्यसबारे प्रदेश सरकारले काम अगाडि बढाएको छ भन्ने मलाई लाग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फराकिलो बन्दै नेपालगञ्ज–बघौडा हुलाकी सडक

८ फाल्गुन २०८०, मंगलवार १४:००
नेपालगञ्ज : पुष्पलाल चोकदेखि पूर्व राप्ती नदीसम्मको १० किलोमिटर सडकखण्ड स्तरोन्नति भएसँगै नेपालगञ्ज–बघौडा हुलाकी सडक फराकिलो बनेको छ । सो खण्डमा हालै कालोपत्र पनि सकिएको छ । ज्ञानिश शारदा जेभीले १२ करोडमा नेपालगञ्जको पुष्पलाल चोकदेखि पूर्व १० किलोमिटर क्षेत्रको हुलाकी सडक विस्तारको ठेक्का पाएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगञ्जका […]