मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

सदरलाइन संवाददाता १४ फाल्गुन २०८०, सोमबार १८:२१
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नंम्बर १० वडा कार्यालयद्वारा मानवसेवा आश्रम नेपालगञ्ज शाखालाई ५१ हजार बराबरको खाद्यान्न सहयोग गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० वडा कार्यालयले मानवसेवा आश्रम नेपालगञ्ज शाखालाई ५१ हजार बराबरको खाद्यान्न सहयोग गरेको हो ।

घरवार र परिवारविहिनहरुको आश्रयस्थल आश्रमलाई राहत प्रदान गरेको छ । उक्त खाद्यान्न सहयोग वितरणमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० वडासदस्य सहित अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । २०७९ असारबाट नेपालगञ्ज १०, आदर्शनगरमा सञ्चालित आश्रममा हाल ५५ जना लक्ष्मीनारायण रहेका छन् ।

घरवारविहिन र परिवारविहिन भई सडकपेटी र सार्वजानिक स्थलहरुमा कष्टपुर्ण जिवन विताउन विवश मानवहरुको उद्धार, औषधोपचार, पालनपोषण, र पारिवारिक पुनर्मिलन सेवामा आश्रम समर्पित रहँदै आएको छ ।


२०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्य लिएको मानवसेवा आश्रमले हालसम्म कुनैपनि दातृ संघ संस्थाको शर्त सहितको सहयोग स्विकार गरेको छैन् ।

मानवताप्रेमी उदारमनाहरुको जन्मदिन, विवाह वर्षगाँठ, संस्थाको वार्षिकोत्सव, व्रतबन्ध, छोराछोरीको न्वारन, पास्नी, विभिन्न चाडपर्वका साथै पितृहरूको सम्झना र स्वैच्छिक रुपमा गरिने मुठीदानबाट आश्रम सञ्चालित भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साठी जना कुष्ठरोगका नयाँ बिरामी फेला

१४ फाल्गुन २०८०, सोमबार १८:२१
नेपालगञ्ज : आइएनएफद्वारा सञ्चालित बाँकेको जानकी गाउँपालिका–३ मानपुरमा रहेको साइनिङ अस्पतालमा ६० जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । अस्पतालले मंगलवार सञ्चारकर्मीसंगको अन्तरक्रियामा अस्पताल प्रमुख मंगल थारुले चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा ६० जना कुष्ठरोगका बिरामी फेला परेको बताए । उनका अनुसार अस्पतालले ८ हजार ६०२ जना […]