बाँकेका इँटा भट्टामा हिमाली घोडाको प्रयोग

सदरलाइन संवाददाता १९ चैत्र २०७९, आईतवार १४:२४
 

नेपालगञ्ज : झट्ट सुन्दा र हेर्दा अच्चम लाग्न सक्छ तर अच्चम मान्नु पर्दैन, तराईमा उत्पादन गर्दै आएका इँटा ढुवानीका लागि हिमाली जिल्ला जुम्लाका घोडा प्रयोग हुँदै आएका छन् । तराई क्षेत्र भए पनि सडकमार्फत इट्टा ढुवानी गर्न सहज नहुँदा इँटा व्यवसायीले हिमाली जिल्लाका घोडा इँटा भट्टामा प्रयोग गर्दै आएका छन् ।

शनिबार जुम्लाबाट खरिद गरिल्याएका घोडाका बारेमा जानकारी दिँदै बाँकेकी उमी खानले बर्षातको समयमा खेतमा पानी जम्ने हुँदा गाडीमार्फत इँटा ढुवानी गर्न कठिन हुने भएकाले घोडालाई इँटा ढुवानीका लागि खरिद गरिएको जानकारी दिइन् ।


उनले बर्षातको समयमा घोडामार्फत इँटा ढुवानी गर्न सहज हुने हुँदा खरिद गरी ल्याएको जानकारी दिइन् । खानका अनुसार खेतको बीचभागमा ठूला इँटा भट्टा छन्, बर्सातको समयमा पानी जम्ने र तराईको चिप्लो माटोका कारण गाडी प्रयोग गर्न नसकिने हँदा उक्त समयमा उत्पादन भएका इँटा घोडामार्फत गोदामसम्म ढुवानी गर्न सजिलो हुन्छ ।

त्यसैले हिमाली क्षेत्रमा मात्र घोडा पाइने भएकाले आफूहरूले जुम्लाको सिँजाबाट खरिद गरिल्याएको सुनाइन् । खानले ३३ वटा घोडाको मूल्य सात लाख ५० हजार परेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्लान नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लवद्वारा बर्दियामा सञ्चालन गरेका विभिन्न परियोजनाको संयुक्त अनुगमन

१९ चैत्र २०७९, आईतवार १४:२४
गुलरिया (बर्दिया) :  प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा बर्दियाका विभिन्न पालिकामा सञ्चालन गरेका परियोजनाहरुको एक उच्चस्तरिय प्रतिनिधि मण्डलले संयुक्त अनुगमन गरेको छ । प्लान इन्टरनेशनल नेपाल तथा स्ट्याण्डर्ड चाटर्ड नेपालको उच्चस्तरिय प्रतिनिधि मण्डलको संयुक्त टोलीले बाँके युनेस्को क्लवले प्लान नेपालको साझेदारीमा बर्दियाको गुलरिया र ठाकुरद्वारा नगरपालिकामा सञ्चालन गरेको […]