बाँकेमा ४ वर्षीय बालकलाई करणी गरेको आरोपमा युवक पक्राउ

सदरलाइन संवाददाता २४ कार्तिक २०७९, बिहीबार १३:१८
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ मा १७ बर्षिय युवकले ४ बर्षका बालकलाई जबरजस्ति करणी गरेका छन् ।

बुधबार बिहान १० बजेतिर घरमा कोही नभएको अवस्थामा ती बालकलाई जबर्जस्ती करणी गरेको पाइएको हो ।

स्रोतका अनुसार ती ४ बर्षिय बालकको मलद्धार र मुखमा जवर्जस्ती करणी गरेको खुल्न आएको छ । १७ बर्षका ती युवकले ४ बर्षीय बालकलाई ललाई फकाई जबर्जस्ती करणी गर्दा उक्त बालक अहिले बिरामी परेका छन् । उक्त घटना पछि बालकको निरन्तर ज्वोरो आएको स्रोतले बताएको छ ।


पीडित बालक र ति युवकको घर संगै जोडिएको छ । घटना थाहा पाउने लगत्तै ईलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोलीले उक्त युवकलाई पक्राउ गरि थप अनुसन्धानको लागी कोहलपुर पठाएको छ ।

घटनाबारे जानकारी गराउँदै ईलका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक ऐन बहादुर मल्लले जवर्जस्ती करणी ऐन अन्तरगत कारवाही हुने जनाए । डिएसपी मल्लल भने ती युवक अपराधिक सोचका घृणित व्यक्ति हुन, मुद्दा चल्छ, कारवाही हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिवसेना समर्थित खनाल र रौनियारको घोषणा पत्र सार्वजनिक

२४ कार्तिक २०७९, बिहीबार १३:१८
नेपालगञ्ज : बाँके क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार दिवाकर खनाल र प्रदेश सभा २(क) का स्वतन्त्र उम्मेदवार राजकुमार रौनियारले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका छन् । दुबै जनाले नेपालगञ्जमा बिहीबार बिहान पत्रकार सम्मेलन गरेर घोषणा पत्र सार्वजनिक गरेका हुन् । स्वतन्त्र उम्मेदवारद्धय खनाल र रौनियारलाई […]

सम्बन्धित