गुण्डागर्दीको कारण असुरक्षा भएको भन्दै हुलाकी सडक निर्माण कार्य दश दिनदेखि ठप्प

२७ आश्विन २०७४, शुक्रबार १८:४७
 

सदरलाइन / रुद्र सुवेदी   
२७ असोज, नेपालगन्ज : हुलाकी सडक निर्माण गर्न सब कन्ट्रयाक्टमा काम गर्दै आएको गणपती ग्रुप अफ कन्सट्रक्सन प्रा.लि.ले कामगर्ने साईडमा सुरक्षाको कारण देखाउदै काम गर्ने बताबरण नभएको बताएको छ ।
स्थानीय र गिटी बालुवा ठेकेदार कम्पनीको गुण्डागर्दीको कारण आफुहरुलाई काम गर्ने बाताबरण नभएको बताउदै राष्ट्रिय गौरबको आयोजना मध्यको बघौडा–नेपालगन्ज हुलाकी सडकको निर्माण कार्य गत १० दिनदेखि ठप्प भएको छ ।
नेपालगन्जदेखि बघौडासम्मको हुलाकी सडक निर्माणको ठेक्का लिएको पप्पु लुम्बिनी जे भी काठमाण्डौले ३० महिनामा निर्माण पुरा गर्ने सम्झौता गरेकोमा गत चैत्र १५ देखि गणपती ग्रुप अफ कन्ट्रक्सनले सव कन्ट्रायक्ट गर्दै निर्माण कार्य सुरु गरेको भए पनि कार्य क्षेत्रमा कामगर्ने बाताबरण नभएको भन्दै काम ठप्प पारेको हो ।
गणपती ग्रुपअफ कन्सट्रक्सनका बाँके बर्दिया साईड ईन्चार्ज समेत रहेका ईन्द्र केसीले यो या त्यो बाहनामा अनावश्यक ‘डिमाण्ड’ राखेर काममा अवरोध हुने गरेको बताए । उनले पछिल्लो पटक गिटी बालुवाको ठेक्का लिएका ठेकेदारले आवरोध पु¥याउदा १० दिन काम अवरुद्ध भएको बताए । उनले गत फागुनमा कन्ट्रयाक्ट भएदेखि हालसम्म पटक–पटक गरी १ महिना बढी काम रोक्नु परेको गुनासो गरे ।
उनले भने–‘हामीले रोडा, गिट्टी र बालुवा गत वर्षकै स्टकबाट काम चलाउदै आएका थियौ गत असोज १६ गतेसाँझ ढुंगा गिटी बालुवाको ठेक्का लिएको सपना टे«डर्सका कर्मचारी हातमा खुँडा, रड लिएर स्टकबाट फिल्ड साईट तर्फ माल लिएर जानलागेको टिप्पर रोकी तोडफोड र कुटपिटमा उत्रिएपछि सुरक्षाको कारण बाध्य भएर काम रोक्नु परेको हो ।’
उनले गत असोज १६ गतेदेखि १० वटा टिपर, ग्रेडर २, रोलर २, एक्जाभेटर ३, ट्यांकर २ वटा र त्यसमा प्रयोग हुने जनशक्ति करिव १ सय ५० जना साईडमै काम ठप्प पारेर बस्नु परेको दुखेसो पोखे । उनले गत आर्थिक वर्षको स्टक मेटेरियलबाट काम गरिरहेको जानकारी गराउदा पनि नयाँ ठेकेदारका कर्मचारी खुँडा र रडसहित कम्पनीको गाडि रोक्नुको साथै तोडफोड र कुटपीट मै उत्रिएको बताए ।
‘हाम्रो पुरानो स्टक हो भन्ने कुरा जिल्ला समन्वय समितिबाट समेत प्रमाणित हुँदै गर्दा पनि सपना टे«डर्सका नाममा राति कुटपिट र तोडफोडमा उत्रेको कारण काम ठप्प पार्दा दैनिक ४० लाखको कम्पनीलाई नोक्सान भएको छ त्यसको क्षतिपूर्ती कसले दिने हो’– उनले भने ।
उनले गत असोज १६ गतेको घटना घटेपछि प्रहरी प्रशासनलाई सुरक्षाको माग गर्दै लिखित निवेदन दिएको भएपनि प्रहरी प्रशासनबाट आवश्यक मात्रामा सुरक्षा नपाएको गुनासो गरे । उनले भने–‘फिल्डमा काम सुरु भएदेखिको झण्डै ८ महिनामा २२ जना प्रविधिकले सुरक्षाको कारण देखाउदै काम छाडेर गएका छन् । यो या त्यो बाहनामा हुने गरेका अवरोधको कारण निर्माण कार्य नै प्रभावित बनेकोले काम गर्ने बाताबरण नै छैन ।’
यसैबीच सपना टे«डर्सका सञ्चालक सुनिल कुमार शर्माले गणपती कन्सट्रक्सनले राज्यलाई दिनु पर्ने कर नतिरी ढुंगा, गिटी र बालुवा उठाउन खोजोकोले आफुहरुले सो कार्य नगर्न भन्दै रोकेको बताए । उनले भने–‘हामीले राज्यको साधान स्रोतको दोहन हुन नदिदा हामीलाई नै दोसी देखाईयो । यो कस्तो अचम्म हो राज्यको लागि राजस्व उठाउदा स्याबासी दिनुपर्ने ठाँउमा उल्टो गुण्डागर्दी गरेको आरोप लगाउने ।’
उनले गणपती र हामीबीचमा विबाद भएको ठाँउमा जिल्ला समन्वय समितिले दुबै पक्षलाई राखेर समाधान गर्नु पर्नेमा एकोहोरो गणपतीको ३ हजार ट्रक माल पुरानो स्टक भएको प्रमाणित गरिदिनु ‘चलखेल’ भएको आरोप लगाए । उनले भने–‘गणपतीले पुरानो ठेकेदार कम्पनीलाई १० लाख मात्र तिरेको छ । त्यो बराबरको माल उसले उठाई सकेको छ । अहिले फेरी जिल्ला समन्वय समितिले करिव २ करोड मूल्यको ३ हजार ट्रिप माल पुरानो स्टक छ भनेर प्रमाणित गरेको छ । त्यो बाहेक अरु माल आवश्यक परेमा हामी विना राजस्व एक ट्रक पनि छाड्ने छैनौं ।’
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले राष्ट्रिय गौरवका आयोजनाहरुको सुरक्षाको लागि आफुहरु सचेत र तत्पर रहदै सुरक्षा व्यवस्था मिलाएको बताए । उनले भने–‘असहज र काम गर्ने ठाँउमा कुनै पनि अबरोध हुन नदिन साथै निर्माण कम्पनीले सुरक्षा माग गरेको खण्डमा पनि तत्काल सुरक्षा पु¥याउने गरी मातहातलाई समेत निर्देशन दिएको छ ।’ उनले गणपती कन्ट्रक्सन र सपना टे«डर्सबीचमा समस्या देखिए पनि दुबै पक्षलाई राखेर छलफल गराई जिल्ला समन्वय समितिमा पठाएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुलाकी सडकको काम सुरु भएको ८ महिनामा १३ प्रतिशत काम सकियो

२७ आश्विन २०७४, शुक्रबार १८:४७
सदरलाइनडटकम २८ असोज, नेपालगन्ज : नेपालगन्ज–बघौडा हुलाकी सडक निर्माण कार्य सुरु भएको आठ महिनामा विभिन्न अवरोध पन्छाउदै समग्रमा १३ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । सो सडकको निर्माणको जिम्मेवारी लिएको गणपति कन्सट्रक्सनका बाँके बर्दिया फिल्ड ईन्चार्ज ईन्द्र केसीले काम सुरु गरेको आठ महिनामा करिव ४० दिन काम अवरुद्र हुँदा पनि […]