काम गर्न घरमा बोलाएर बलात्कार

सदरलाइन संवाददाता १९ चैत्र २०७९, आईतवार १२:२३
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का सलमान कवाडियाले घरमा काम गर्न बोलाएर मजदुर महिलालाई बलात्कार गरेको पाइएको छ ।

३२ वर्षीया एक महिलालाई कवाडियाले शनिबार अपरान्ह ५ बजे बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

मजदुरको एक समूहले आइतबार बिहान कवाडियाको घर घेर्नुका साथै उजुरी दिन जिल्ला प्रहरी कार्यालय गएको बाँकेका एसपी सन्तोष राठौरले जानकारी दिए ।


नेपालगञ्जमा बिहान मजदुरहरू एक ठाउँमा जम्मा हुने र कामका लागि बोलाउन आएपछि घर, उद्योग, होटलहरूमा गएर काम गर्ने गरेको पाइन्छ ।

धेरै वर्षदेखि त्रिभुवनचोकमा जम्मा हुने गरेका मजदुर अहिले रंगशाला जाने बाटोमा निर्वाचन कार्यालय अगाडिको चोकमा जम्मा हुने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साना किसान सहकारीको अध्यक्षमा थापा निर्वाचित

१९ चैत्र २०७९, आईतवार १२:२३
नेपालगञ्ज : नौवस्ता साना किसान कृषि सहकारी संस्था लिमिडेटको अध्यक्षमा प्रेम बहादुर थापा निर्वाचित भएका छन् । थापाले अध्यक्षमा कूल ८ सय १ मत प्राप्त गरि विजयी भएका हुन् । अर्का अध्यक्ष उम्मेदवार प्रेम बहादुर बुढाले ६ सय ३ मत प्राप्त गरे । थापाले कूल १ सय ९८ मत अन्तरले […]