यमपञ्चकअन्तर्गत आज काग तिहार मनाईंदै

९ कार्तिक २०७६, शनिबार १३:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व शनिवार यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खान दिएर मनाइँदैछ । कात्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रवार बेलुकीदेखि नै शुरु भएको छ । शुक्रवार बेलुकी त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक शुरु गर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शुक्रवार बेलुकी नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा शनिवारलाई निर्णय गरिएको समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताए । य
मराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको धार्मिक विश्वास रहेको छ । लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भनी भन्ने प्रचलनसमेत रहेको छ ।
काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ ।

Next Post

तिहार मान्न उपराष्ट्रपति पुन रोल्पामा

९ कार्तिक २०७६, शनिबार १३:५६
सदरलाइनडटकम, रोल्पा : उपराष्ट्रपति नन्दबहादुर पुन पुर्ख्यौली घर पुगेका छन् । परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उनी तिहार मनाउन आएको बताइएको छ । पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आएका उपराष्ट्रपति पुनको दोस्रो कार्यकालपछिको यो पहिलो आगमन भएको उनका भाइ भीमप्रकाश पुनले जानकारी दिए । उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको […]

ताजा अपडेट