बाँकेमा शुक्रवार थप ७ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ५ कार्तिक २०७८, शुक्रबार १४:२४
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १११ नमुना परीक्षण गर्दा थप ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ५२ नमुना परीक्षण गर्दा ५, मेडिकल कलेज कोहलपुरमा २६ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्यावमा ३३ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।


शुक्रवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ६ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३६१ पुगेको छ । कोहलपुरका ३, नेपालगञ्जका २ र बैजनाथका १ जना रहेका छन् ।

यस्तै शुक्रवार थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९८१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडा नं. ३ मा मन्त्री हमालको सम्मान

५ कार्तिक २०७८, शुक्रबार १४:२४
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ३ ले लुम्विनी प्रदेशका वन, वतावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्रवहादुर हमाललाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । शुक्रबार जामा मस्जिदमा आयोजित कार्यक्रममा वडा अध्यक्ष मो. अयुव सिद्धिकीले हमाल मन्त्री भएपछि वडाबासी हर्षित भएको भन्दै वडाको समग्र विकास निर्माणका लागि वडाबासीका तर्फबाट मन्त्री हमाललाई […]