अपाङ्गता भएकी किशोरीलाई विद्यालय जान प्लान र बाँके युनेस्कोको ट्राईसाईकल

सदरलाइन संवाददाता १७ चैत्र २०७९, शुक्रबार २०:००
 

गुलरिया (बर्दिया) :  बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा सञ्चालित बालबालिका, बालविवाह तथा जबर्जस्ती विवाह रोकथाम कार्यक्रम अन्तरगत वडा नम्बर ८ गुलरियाकी अपाङ्गता भएकी सरस्वती चौधरीलाई ट्राइसाइकल हस्तान्तरण गरेको छ ।

गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मीना पराजुली, क्षेत्रीय कार्यालय सुर्खेत र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकीले बालिकालाई संयुक्त रुपमा ट्राईसाइकल हस्तान्तरण गरेका हुन । शाररिक रुफल अशक्त रहेक सरस्वती घरबाट विद्यालय जानको लागि समस्यामा परेकी थिईन ।

सरस्वातीलाई ट्राइसाइकल उपलब्ध गराउनुको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूको शिक्षामा पहुँच बढाउनु र विशेषगरी किशोरीहरूको शिक्षालाई निरन्तरता दिई गुणस्तरीय शिक्षा सुनिश्चित गर्नका लागि भएको प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक पराजुलीले बताईन ।


शाररीक अपाङ्गताको कारण सरस्वतीलाई विद्यालय जान असहज भएको जानकारी प्राप्त भए लगत्तै बाँके युनेस्को क्लवको पहलमा प्लान इन्टरनेशनल नेपालले सो ट्राईसाईकल उपलब्ध गराई दिएको हो ।

कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख यादवले प्लान नेपाल र बाँके युनेस्को क्लवलाई आफ्नो पालिकाको विकासको साझेदारको रुपमा रहन आग्रह गर्दै ट्राई साईकल उपलब्ध गराएकोमा धन्यबाद ज्ञापन गरेका थिए ।

सो अवसरमा गुलरिया नगरपालिका वडानम्बर ६ का अध्यक्ष सुदामशुप्रकाश शर्मा, गुलरिया नगरपालिकाका महिला तथा बालबालिका प्रमुख शीला शाह, बाँके युनेस्को क्लवका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, कार्यकारी निर्देशक महेश नेपाली, कार्यक्रम संयोजक साजिद अली सिद्दिकी, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदी, पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादवप्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गरिनु पर्छ : पूर्व मन्त्री थापा

१७ चैत्र २०७९, शुक्रबार २०:००
कोहलपुर (बाँके) : पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गरिनु पर्ने बताएका छन् । बाँकेको कोहलपुर नगरपालिका–१५ अकलघरुवास्थित नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्रको आज शनिवार उद्घाटन गर्दै उनले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गर्दै त्यसलाई गुणस्तरीय र सर्वसुलभ पनि बनाइनु […]

सम्बन्धित