बाँकेमा शनिवार १७ संक्रमित थपिए, ५ डिस्चार्ज

सदरलाइन संवाददाता १९ भाद्र २०७८, शनिबार १७:२९
 

नेपालगञ्ज : बाँके शनिवार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको तीन वटा प्रयोगशालामा १२२ नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ४६ नमुना परीक्षण गर्दा ९ जना, मेडिकल कलेज कोहलपुरमा ३९ नमुना परीक्षण गर्दा ६ जना र बागेश्वरी ल्याबमा ३७ नमुना परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


यस्तै शनिवार थप ५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ३७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वचालित पेस्तोल सहित दाङ्गमा एक पक्राउ

१९ भाद्र २०७८, शनिबार १७:२९
दाङ्ग  :  दाङ्ग प्रहरीले स्वचालित पेस्तोल, म्याग्जिन र गोलीसहित घोराहीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको रुन्टिगढी गाउँपालिका–९ सखी स्थाई  ठेगाना भई हाल घोराही उपमहानगर–१३ बडहरा बस्ने २५ वर्षीय ईन्द्रकमल बुढामगर रहेकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही–१३ बडहरामा रहको बुढामगरको घरमा रहेको रा […]

सम्बन्धित