अल इण्डिया रेडियोको प्रसारण केन्द्र कटौती

२१ पुष २०७५, शनिबार १८:२२
 

सदरलाइनडटकम,
काठमाण्डौ : प्रसार भारतीले खर्चमा कटौती गर्ने भन्दै अल इण्डिया रेडियोको राष्ट्रीय च्यानलका साथै पाँचवटा सहरमा भएका क्षेत्रीय प्रसारण तथा मल्टिमिडिया एकेडेमीहरु बन्द गर्ने निर्णय गरेको छ ।
प्रसार भारती भारतको सार्वजनिक प्रसारण संस्था हो जुन अल इण्डिया रेडियो, अल इण्डिया रेडियो न्यूज, दूरदर्शन टेलिभजन डीडी न्यूज फ्रेश डिश, डीटीटीलगायतका च्यानलहरुको मातृसंस्था हो । प्रसार भारतीले बिहिबार अचानक निर्णय गर्दै राष्ट्रिय च्यानलका साथै पाँचवटा शहरमा भएका क्षेत्रीय प्रसारण तथा मल्टिमिडिया एकेडेमीहरु बन्द गर्ने आदेश जारी गर्यो ।
तुरुन्तै कार्यान्वयन हुने गरी इण्डिया रेडियोको राष्ट्रिय च्यानलका साथै अहमदाबाद, हैदराबाद, लखनउ, शिलोंग तथा तिरुवन्तपुरममा रहेको क्षेत्रीय प्रसारण र मल्टिमिडिया एकेडेमीहरु बन्द गर्ने निर्णय गरिएको हो । प्रसार भारतीका तर्फबाट यी कार्यालयहरु बन्द गर्नेसम्बन्धी पत्र गएको डिसेम्बर महिनाको २४ तारिखका दिन आकाशवाणीका महानिर्देशकलाई पठाएको थियो भने यो निर्णय जनवरी ३ तारिखका दिनदेखि लागू भएको हो ।
सन् १९८७ मा भारत सरकारको प्रसारण नियमावली अन्तर्गत यस च्यानलमा एकभन्दा धेरै भाषामा कार्यक्रम प्रसारण गर्न सुरु गरिएको थियो । यसको प्रसारण बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म हुँदै आएको थियो । यसैक्रममा च्यानलमा घण्टा घण्टामा समाचार, सामूहिक छलफल, राष्ट्रिय महत्वका कार्यक्रमलगायत भारतीय समाजसँग सम्बद्ध थुप्रै कार्यक्रमहरु प्रसारण हुने गर्दथे ।
राष्ट्रिय च्यानल बन्द भएपछि अब अल इण्डियासँग कुनै राष्ट्रिय च्यानल बाँकी छैन । प्रसार भारतीको यो फैसलाले अल इण्डिया रेडियो तथा दूरदर्शनका कर्मचारी संगठनले विरोध जनाएका छन् । कर्मचारीहरुले यस कदमका विरुद्ध पत्र पनि पठाउने भएका छन् । उनीहरुका अनुसार खर्च कटौती गर्न योभन्दा अन्य राम्रा उपायको खोजी गर्न सकिन्थ्यो ।
राष्ट्रीय च्यानलसँग हज्जारौं कार्यक्रमहरुको धेरै ठूलो संग्रह रहेकाले यहाँ काम गर्ने कर्मचारीलाई अन्यत्र सरुवा गराउन पनि सकिन्थ्यो । तर यसरी च्यानलहरु नै बन्द गरेर त्यहाँ काम गरिरहेका थुप्रै कर्मचारीमाथि अन्याय भएको उनीहरुको ठहर छ ।

Next Post

समयमै निर्माण हुन सकेन ल्याण्डफिल साइट

२१ पुष २०७५, शनिबार १८:२२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २३ मा निर्माण भइरहेको आधुनिक ल्याण्डफिल साइट निर्माणका लागि फेरि समय थप गर्नुपर्ने भएको छ । विवादले समयमै काम सञ्चालन हुन नपाएपछि पटक–पटक म्याद थप गरिएका कारण निर्माणमा ढिलाई भएपनि ल्याण्डफिल निर्माणको काम सम्पन्न हुने अवस्थामा पुगेको नेपालगञ्ज उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी […]

सम्बन्धित