बार्ता मोर्चासँग होईन संघीय गठबन्धनसँग गर्नु पर्छः संयोजक यादव

१५ असार २०७३, बुधबार १३:०८
 

सदरलाइनडटकम 


१५ असार, काठमाडौ : संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले गठबन्धन आन्दोलनमा रहेकोले समस्या समाधानकोलागि बार्ता पनि उसैसँग गर्नु पर्ने स्पष्ट पारेका छन । index
संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र मोर्चाको अलग्गै अस्तित्व रहेकोले अलग्गैपनि बार्ता गर्न सकिने धारणा बाहिर आईरहेको बेला रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ मधेसी मोर्चा पनि संघीय गठबन्धनमै छ । गठबन्धन आन्दोलनमा छ त्यसैले गठबन्धनसँगै बार्ता गर्नु पर्छ । अलग अलग बार्ता गरेर समस्याको समाधान निस्कदैन । सके आन्दोलनमा रहेका र संविधासभाको निर्वाचनमा नरहेका सबैसँग बार्ता गरे मुलुकले निकास पाउँछ । मोर्चासँग बार्ता गरेर समस्याको समाधान हुँदैन । यदि सरकारले बार्ताबाट समस्याको समाधान गर्न चाहेको हो भने संघीय गठबन्धनसँगै गरेर निकास निकाल्नुपर्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा संयोजक यादवले गठबन्धनको आन्दोलनमा मधेसी मोर्चाको समेत समर्थन रहेको दावी गर्दै मोर्चाका घटकका कार्यकर्ताहरु अनसनमा सहभागि भईरहेको अवस्थामा राजेन्द्र महतो र महन्थ ठाकुर  किन सहभागि नभएको भन्ने विषय उहाँहरुलाई नै सोध्न सुझाव दिए ।
उनले गठबन्धनमा आबद्ध २८ दलले नै प्रस्ताव गरेर आफूलाई संयोजक चयन गरेको दावी गर्दै गठबन्धनका दलले भने जो संयोजक भए केही फरक नपर्ने र संयोजकले आन्दोलन भने हाक्न सक्नु पर्ने धारणा राखे ।
यादवले भने,‘ मलाई गठबन्धनमा रहेका २८ दलले संयोजक चयन गरेको हो । यसमा सबैको समर्थन छ तर कसैलाई ब्यक्तिगत रुपमा ईश्र्या भए मलाई केही भन्नु छैन ।’
उनले आफूले भन्ने गरेको पुर्नलेखन र संसोधन फरक विषय नभएको भन्दै संसोधन समस्या समाधानको प्रक्रिया र पुर्नलेखन परिणाम भएको तर्क गरे । उनले भने,‘ संसोधनको प्रक्रियाबाट असहमति रहेका संविधानका धारालाई पुर्नलेखन गर्ने हो । संविधानका गलत प्रावधान सच्याउनै पर्छ । पुर्नलेखन नगरी समस्या समाधान नै हुँदैन, मुलुकले निकास पाउँदैन ।’
यादवले गठबन्धनले जारी राखेको सत्याग्रह आन्दोलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा समर्थन रहेको दावी गर्दै एमाले बाहेकका सबै दल र नागरिक समाजले समर्थन गरिसकेपछि अवस्थामा गठबन्धनको आन्दोलनले जितिसकेको दावी गरे ।
उनले भने,‘ सत्याग्रह आन्दोलनमा सबैले समर्थन गरिसकेपछि आन्दोलनले जित्छ ।’
यादवले सबैले समर्थन गरिसकेको आन्दोलनलाई संबोधन नगर्ने हो भने राज्यले शान्तिपूर्ण रुपमा कुरा सुन्दैन भन्ने पुष्टि हुने  र त्यसपछि मुलुक हिंसात्मक रुपमा जाने चेतावनी दिए ।
उनले भने,‘ शान्तिपूर्ण रुपमा राज्यले नसुने आन्दोलनलाई हिंसातिर धकेल्न खोजेको पुष्टि हुन्छ । राज्यको गलत नीतिले यस्तो हुन्छ ।’
यादवले असार मसान्तसम्म आफूहरुको आन्दोलन सत्याग्रहकै रुपमा अघि बढ्ने र त्यसपछि पनि नसुने आन्दोलनको स्वरुप परिवर्तन हुने स्पष्ट पार्दै मुलुकमा विभेद कायम रहेसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।
गठबन्धनको आन्दोलनले पहाडे विरुद्ध र विखण्डनको लागि आन्दोलन भन्ने हल्लालाई चिरेको दावी गर्दै आफूहरुको आन्दोलन राष्ट्रिय आन्दोलन भएको दावी गरे ।
उनले बार्ता प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ४ गते आफै एकतर्फी रुपमा भंग गरेको आरोप लगाउँदै आफूहरु बार्ताबाट कहिल्यै नभाग्ने तर अबको बार्ता फलदायी भने हुनु पर्ने धारणा राखे ।
यादवले भने,‘ सरकार पुर्नलेखन र विगतमा भएका सम्झौता कार्यान्वयन गर्न तयार भए बार्ताको लागि हामी तयार छौ । सरकारले आन्दोलनमा मारिएकालाई शहीद घोषणा गरी क्षतिपूर्ति, घाईतेको उपचार, अंगभंग भएकालाई राहत र झुठामुद्दा फिर्ता लिए बार्ताको बातावरण बन्छ ।’
उनले यथास्थितिमा सरकार तयारी गरेको स्थानीय निकायको निर्वाचन कुनै पनि हालतमा नहुने र आफूहरुले हुन समेत नदिने स्पष्ट पार्दै यथास्थितिमा मुलुकले निकास नपाउने दावी गरे ।
यादवले भने,‘ मुलुक संघीयतामा गएपछि स्थानीय निकाय प्रदेशको जिम्ममा जान्छ । केन्द्रले चुनाव गराउन खोज्नु संघीयता धरापमा पार्ने खेल हो । स्थानीय निकायको पुर्नगठन नगरी, ऐन नबनाई कसरी निर्वाचन हुन्छ ?’
उनले थपे,‘ जवरजस्ती संविधान जारी गरेर गल्ती गरे । अब अर्को गल्ती चुनाव गराउन खोजेर गर्दैछन । चुनाव ज्ञानेन्द्रले पनि गरेका थिए । केपी ओली पञ्चायती फर्मुलामा चलिरहेका छन ।’
यादवले सत्तामा रहेका दलहरु गैरजिम्मेवार भएकोले समस्या खडा भएको आरोप लगाउँदै अहिले पनि सत्तामात्रै ओगटेर बस्ने हो भने मुलुकमा विद्रोहबाहेक अरु कुनै विकल्प बाँकी नरहने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकार टिक्ने नटिक्नेमा चिन्ता छैन : प्रम ओली

१५ असार २०७३, बुधबार १३:०८
१५ असार, ललितपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार टिक्ने र नटिक्नेको चिन्ताभन्दा पनि मुलुकको विकासको चिन्ता भएको बताएका छन् । एमाले ललितपुरको निवनिर्मित ‘मदन भण्डारी स्मृती भवन’ उद्घाटन गर्दै उ नले एमाले आफ्नो सरकार टिकाउनेभन्दा पनि मुलुकको वृहत्तर विकासमा लाग्न चिन्तित भएको बताएका हुन् । ‘सरकार टिक्छ की […]