बेवारिसे बम विस्फोट हुँदा सुर्खेतमा दुईजना घाइते

सदरलाइन संवाददाता ६ कार्तिक २०७८, शनिबार १६:०६
 

सुर्खेत : सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटुकुवा सामुदायिक वनमा घाँस काट्न गएको समयमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा दैलेखको गुराँस गाउँपालिका–६ जहरेका २१ वर्षीया लीला नेपाली र उनका १४ वर्षीय भाइ नरेश रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।


निरीक्षक शाहीका अनुसार घटना पौने १२ बजेको हो । प्रहरीका अनुसार उनीहरू वीरेन्द्रनगर–७ इत्राममा बस्दै आएका थिए । घाइतेको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ ।

घाइते दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उक्त वनमा नेपाली सेनाले अस्थायी तालिम सञ्चालन गर्ने जंगल भएकाले कतै पुरानो बम बचेको पनि हुनसक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान भइरहेको शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते

६ कार्तिक २०७८, शनिबार १६:०६
बर्दिया : दाङको देउखुरीमा टाटा सुमो गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। दुर्घटनाका घाइते अधिकांश प्यूठान जिल्लाका छन्। घाइते हुनेमा प्युठान नगरपालिका वडा नं ५ की १३ वर्षीया रविना घर्ती, २२ वर्षीया कुमारी राना, ५३ वर्षीया दिलसरा राना, प्यूठान(३ का आरोप खड्का, २२ वर्षीया लक्ष्मी खड्का, सोही ठाउँकै ३९ […]