नेपालगञ्ज कनक्लेभको तयारी पुरा

सदरलाइन संवाददाता १९ मंसिर २०८१, बुधबार १७:०९
 

नेपालगञ्ज :  नेपालगञ्जमा बिहीबारदेखि आयोजना हुने दुईदिने नेपालगञ्ज कनक्लेभको तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

नेपालगञ्ज म्याराथनको पूव सन्ध्यामा विभिन्न क्षेत्रका बिज्ञलाई एकै थलोमा जम्मा गरी विभिन्न विषयगत बहस गरिने सो कनक्लेभको यो दोस्रो र डिस्कोर्सको चौथो संस्करण हो ।


यो वर्ष जीन संघर्ष र प्राप्ती, देशले गर्छ विद्युत निर्यात नेपालगञ्जले भोग्छ उर्जा संकट, व्यापार घाटाको दिगो व्यवस्थापन निर्यात बस्तुमा मूल्यबृद्धि, पर्यटनको नक्सामा पश्चिम नेपालको नयाँ सर्किट, नेतृत्वको खडेरी नयाँ दलमा, देशमा,किन दौडिन्छ मान्छे, साहित्य र सिनेमाको ऐनामा समाज रुपान्त्रणको चित्रजस्ता विषयमा दुईदिनसम्म बहस गरि निश्कर्ष खोजिने सयोजक जनक नेपालले जानकारी दिए ।

नेपालगञ्ज कनक्लेभको लागि आउने विज्ञहरु नेपालगञ्ज पुग्न सुरु भएको र बिहीबार बिहानदेखि मेरो प्लानेटमा सवा १० बजेदेखि कार्यक्रम सुरु हुने गरी तयारी अगाडि बढाईएको नेपालगञ्ज म्याराथन आयोजक संस्था क्रियटिभ हेण्डसका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए ।

सो अवसरमा नेपालगञ्ज म्याराथनका मुख्य प्रायोजक केएल दुगड ग्रुपका प्रबन्धक प्रदिप छाजेड, युवा उद्यमी डा ओमप्रकाश मिश्र, रेस डायरेक्टर चन्द्र गुरुङ्गलगायतको उपथिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *