कोहलपुरमा सेनेटरी प्याड गुणस्तरहीन भएको ‘आशंका’

सदरलाइन संवाददाता १७ चैत्र २०७९, शुक्रबार १२:५६
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले स्कुले छात्रालाई निःशुल्क बितरणका लागि भन्दै खरिद गरेको सेनेटरी प्याड गुणस्तरहीन भएको आशंका गरिएको छ । खरिद गरि बितरण गर्ने तयारी भईरहदा बिद्यालयका शिक्षकहरुले गुणस्तरहीन भएको भन्दै परिक्षण गरेर मात्रै बितरण गर्न भनेपछि सो सेनेटरी प्याड परीक्षणका लागी गुण नियन्त्रण तथा नाप तौल बिभाग काठमाण्डौ पठाईएको छ ।

कोहलपुर नगरपालिकाका जिन्सी शाखा प्रमुख हरि वलीले जस्मिन हाईजिन नामक सप्लायर्स कम्पनी मार्फत २७ लाख बरावरको सेनेटरी प्याड खरिद गरिएको जानकारी दिए । उनले खरिद गरिएको सेनेटरीप्याड कोहलपुर नगर पालिकाको सभाहलमा राखिएको बताए । शिक्षा मन्त्रालयले तय गरेको मापदण्ड अनुसारको प्याड सप्लाईका लागि बिज्ञापन गरिएको जानकारी दिदै प्रमुख वलीले गुणस्तरीयता बारे प्रश्न उठे पछि परीक्षणका लागि पठाईएको जानकारी दिए ।

कोहलपुर नगर शिक्षा शाखा प्रमुख रामबहादुर हमालले खरिद गरेका प्याडहरु परिक्षणका लागि काठमाण्डौ पठाईएको बताए । गुणस्तरीयताको रिर्पोट २ हप्ता पछि आउने उनको भनाई छ ।


कोहलपुर नगर भित्रका बिद्यालयहरुमा निःशुल्क बितरणका लागी १ लाख ८ हजार प्याकेट सेनेटरी प्याड खरिद गरिएको छ । नाम नबताउने सर्तमा एक शिक्षकले सेनेटरी प्याड आकारमा सानो र गुणस्तरहीन भएको बताए ।

कोहलपुर नगरपालिकाले सेनेटरी बितरणका लागि पटकपटक बिद्यालयका शिक्षकहरुलाई कार्यालयमा बोलाए पनि शिक्षकहरुले सो प्याड लैजान अस्विकार गरेका हुन् । बिवाद पछि गुणस्तरीयता जाँच गर्ने सहमति भएको थियो ।

समयमा प्याड बितरण नगर्दा बिद्यालयहरुले आफैले आन्तरिक श्रोतबाट प्याड किनेर बितरण गर्दै आएका छन् । बिद्यालय संख्या अनुसार आफैले प्याड किनेर बितरण गरिएको एक शिक्षकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको खजुरामा अधिकांश गौरवका योजना अधुरै

१७ चैत्र २०७९, शुक्रबार १२:५६
नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकामा २०७८ साल भदौं ३० गते सम्पन्न हुने गरी निर्माण शुरु भएको शित भण्डार अझै अधुरो रहेको छ । रविना/अभियान/जुगल जेभी तिनकुनेले ६ करोड १४ लाख रुपियाँको लागतमा निर्माणको जिम्मा लिएको भएपनि पालिकाको गौरवका आयोजनाको काम सम्पन्न हुन सकेको छैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन […]