अब पैचो पसलका उत्पादन नेपालगन्जमा पनि

१६ फाल्गुन २०७३, सोमबार १३:०५
 

सदरलाइनडटकम  
१६ फागुन, नेपालगन्ज : ग्रामिण क्षेत्रको उत्पादनलाई प्रसोधन गरी विक्रि वितरण गर्ने उद्देस्यले सञ्चालनमा आएको पैचो पसल प्रालिले नेपालगन्जमा पनि आफ्नो उत्पादन विक्रि वितरणको सुरुवात गरेको छ ।
लामो समयदेखि शहरमा बसोबास गर्दै आए पनि गाँउबस्तीको परिकारलाई भुल्न नसकेका उपभोक्तालाई पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कषि उत्पादनहरुको बजारिकरण गर्ने उद्देश्यले पैचो पसल प्रालीले राजधानी काठमाडौं पछि नेपालगन्जमा बाजार विस्तार गरिएको सञ्चालक कपिलप्रसाद अधिकारीले जानकारी दिए ।
उनले ‘बसे पनि शहर गाँउकै खाने रहर’ भन्ने मुलमन्त्रलाई आत्मासाथ गर्दै साढे दुई वर्ष पहिले गुल्मीको बलेटक्सार गाउँबाट सुरु गरिएको पैचो पसल आफ्नै उत्पादनसहित मध्यपश्चिम र सुदूरपश्चिमका बजारमा प्रवेश गरेको जानकारी दिए ।
पैचो पसल प्रालिका प्रबन्ध निर्देशक समेत रहेका धु्रव न्यौपानेले एउटा फरक प्रयोगको रुपमा पैचो पसलले परम्परामा सीमित भैसकेको वस्तु विनिमय प्रथालाई आधार मान्दै पहाडी ग्रामीण क्षेत्रका जनताको उत्पादनलाई बजारसम्म पु¥याउने र उपयुक्त बजार प्रवर्धनगर्ने लक्ष्य लिदै अभियानको रुपमा थालिएको बताए ।
‘पैचोको स्थापनाले यतिबेला पश्चिम नेपालका गुल्मी, पाल्पा , अर्घाखांची सहित स्याङ्जा, रोल्पा, रुकुमका हजारौं किसान र उपभोक्ता हाम्रो सेवाबाट लाभाविन्त हुनसक्नु भएको छ । सिधै किसानसँग जोडिएर कृषिमा आधारित उद्योग संचालन गरिएको पैचो नै नेपालको पहिलो उद्योग हो भन्ने हाम्रो दाबी रहेको छ’–उनले भने ।
उनले बजारमा गुणस्तरहीन र अखाद्य वस्तुको बाहुल्यता भैरहेका बेला पैचो पसलले पहाड र उच्चपहाडका किसानले उत्पादन गरेका अर्गानिक कृषि उपजहरूलाई प्राथमिकताका साथ बजार व्यवस्थापन गर्ने तथा गुणस्तर परीक्षण गरी उपभोक्तालाई गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराइ रहेको दाबी गरे ।
उनले पैचो पसलले हाते प्रविधि प्रयोग गरेर अचार, चुक, दाल लगायतका खाद्य वस्तुको परीक्षण उत्पादन गरी बुटवलमा बिक्रि गर्दै आएको जानकारी दिदै गत बैशाखदेखि अत्याधुनिक प्रशोधन कारखानामार्फत २३ प्रकारका खाद्य वस्तु उत्पादन गर्दै बजारमा ल्याएको जानकारी दिए ।
पैचो पसलले हाल आठ प्रकारका पैचो अचार, पैचो होल क्यान कर्न, पैचो आटो, पैचो कोदोको पिठो, पैचो टोमेटो केचअप, पैचो जाम, हटएण्ड स्विटसस्, मेक्सीकन सस्, विभिन्न प्रकारका जुसहरु, परम्परामा सीमित सिन्की मस्यौरा जस्ता उत्पादनहरु आफै उत्पादन गरि बजारमा ल्याएको छ भने जुम्लाका सिमी, पहाडी जिल्लाका मकैको आटो (च्याँख्ला), जस्ता पहाडी तथा उच्च पहाडी जिल्लाका खाद्य वस्तुहरु प्याकेजिङ गरी बजारमा ल्याएको छ । होल कर्न कर्नल नेपालकै पहिलो उत्पादन हो भने मस्यौरा, सिन्की पैचोले पहिलो पटक व्यवसायिक उत्पादन गरेको गरेको छ ।



पैचो पसल प्रालिका अध्यक्ष समेत रहेका नेपालगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष दुर्गाप्रासद भण्डारीले गाउमा किसानको उत्पादनहरू त्यसै सडेर जाने भण्डारण हुँदासम्म मुल्य नपाउने र भण्डार रित्तिएपछि अरु कसैले मुल्य निर्धारण गर्ने परिपाटीलाई अन्त्य गर्दै ग्रामीण भेगमा कृषि पेशा अपनाईरहेका किसानलाई उपयुक्त मल, बीउ तथा कृषि समाग्री उपलब्ध गराई कृषि उत्पादन गर्न अभिप्रेरित गर्ने र उनीहरूको उत्पादनलाई उचित मुल्य दिई बजारीकरण गर्दै पैचो पसलले आफ्नो कार्य सम्पादन गर्दै आएको बताए ।
उनले भने–‘राज्यले ब्यवहारिक कृषि नीति बनाएर लागु गर्न सक्ने हो भने नेपालमा बेरोजगारीको अन्त्य त हुन्छ नै आन्तरिक राज्य कोषको बृद्धी भई मजबुत अर्थतन्त्रको निर्माण समेत हुने निश्चित छ ।’ उनले राज्यले कृषिमा सहुलियत ऋण अनुदान दिने र सहजिकरणको कुरा गरे पनि कागजमा मात्र सिमित भएको बताउदै कागजमा मात्र योजना बनाएर अनुदान कुम्ल्याउनेहरु रातारात मालामाल बन्ने तर, वास्तबिक किसानहरुको पहुंच राज्यको संयन्त्रसम्म पुग्न नसक्ने कारणले आफुहरुले किसानको सामानको बजारीकरण गर्दै उनीहरुको उत्पादनलाई बजार खोज्न थालेको जानकारी दिए ।
पैचोका उत्पादनहरु नेपालगन्जका विभिन्न पसलहरुमा सजिलै पाउने व्यवस्था मिलाईएको सञ्चालक शरण कर्माचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुशलधारे पानीमा रुझ्दै लूट-२ का सुशिलराज

१६ फाल्गुन २०७३, सोमबार १३:०५
सदरलाइनडटकम  १७ फागुन : फाल्गुन १३ गते अल नेपाल रिलिज भएको लूट २ ले राम्रै सफलता हात पारे सगै यसका सबै पात्रहरुको पनि ब्यस्तता बढ्दै गएको छ् । यस्तैमा नायक नायिकाहरु भने म्युजिक भिडियोमा ब्यस्त हुन थालेका छन । यसै क्रममा लूट २ का एक नायक रहेका सुशिल राज पाण्डेद्वारा अभिनित […]