कोहलपुरको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध

सदरलाइन संवाददाता १४ चैत्र २०७९, मंगलवार १२:२७
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाएको छ ।

उक्त खोलामा केही दिनअघि डुवेर कोहलपुरका दुई जना बालकको मृत्यु भएको थियो । स्थानीयको जन गुनासो आएसँगै बन्दा क्षेत्रमा विगतका वर्षमा पनि नुहाउने र पौडी खेल्ने क्रममा युवाहरुले ज्यान गुमाएका थिए । वर्षेनी मानवीय क्षतिका घटना भइरहेकाले थप घटना नहोस् भन्ने उद्देश्यले बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएको हो ।


चटार गाउँदेखि सिम्रीजाने बाटोको बीचको डुडुवा खोलाको बन्दाक्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएको बोड वारि र पारी दुवै ठाउँमा राखिएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतका कारण सात सय टन जडीबुटी गोदाममा सड्दै

१४ चैत्र २०७९, मंगलवार १२:२७
नेपालगञ्ज : भारततर्फ निकासी गर्ने गरी दुई वर्षअघि खरिद गरिएको सात सय टन जडीबुटी निकासी हुन नसक्दा सड्ने अवस्थामा पुगेको व्यवसायीले बताएका छन् । भारतीय प्लान्ट क्वारेन्टाइनले १६ प्रकारका जडीबुटीलाई निकासी सूचीमा नसमेटेकाले निर्यात हुन नसकेको जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्माले बताएका छन् । निर्यातका लागि तयार गरिएको […]

सम्बन्धित

ताजा अपडेट