जलेको अवस्थामा मृत भेटिए रविन्द्र रेग्मी

सदरलाइन संवाददाता २३ जेष्ठ २०८०, मंगलवार १३:१५
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ निवासी रविन्द्र रेग्मीको रहस्यमय मृत्यु भएको छ । सोमवार दिउसो २ः३० बजेतिर घरबाट निस्किएका रेग्मीको मंगलवार बिहान पूर्वपश्चिम राजमार्गको ढकेरी क्षेत्रमा शब फेला परेको हो ।

‘हामी घटनास्थलमै छौं, शब फेला परेको छ,’ बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले भने, ‘घटनाबारे गम्भीर अनुसन्धान शुरु गरेका छौं ।’ प्रहरीले घटनास्थल अनुसन्धानका लागि कुकुरसमेत परिचालन गरेको जनाएको छ ।

सडक छेउ मोटरसाइकल छ, शरिर जलेको अबस्था देखिन्छ, प्रत्यक्षदर्शीले भने, ‘घटना कसरी के भएको होला भन्ने अनुमान गर्न गाह्रो छ ।’


घरबाट मिटिङ्ममा जानू छ भनेर भे.६.प. ८२२४ नं. को मोटरसाइकलमा निस्किएका ४२ वर्षीय रेग्मी प्राध्यापन पेशामा छन् । घरनजिकै उद्योगसमेत सञ्चालन गर्दै आएका निकै मिहिनेती युवा उनी बेपत्ता भएपछि धेरै किसिमका आशंका गरिएका थिए ।

सोमवार राती करिब १०ः३२ बजेदेखि मोवाइल स्वीचअफ भएपछि खोजीका लागि आफुहरु गम्भीर भएको परिवारस्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

२३ जेष्ठ २०८०, मंगलवार १३:१५
नेपालगञ्ज : पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ […]