जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पौडेल

सदरलाइन संवाददाता ७ आश्विन २०८०, आईतवार १६:३४
 

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा शाखा अधिकृत दिलबहादुर पौडेलको सरुवा भएको छ । मुगुको सोरु गाउँपालिकामा कार्यरत पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेपछि आईतबारदेखि जानकी गाउँपालिकामा हाजिर भएका छन् ।


बाँकेको खजुरा गाउँपालिका लगायत विभिन्न स्थानीय तह र गृह मन्त्रालयमा काम गरेको अनुभव भएका पौडललाई निजामती प्रशासनमा अव्वल प्रशासकको रुपमा चिनिन्छ । उनले जनप्रतिनिधी, कर्मचारी र आम स्थानीयबासिन्दाको साथ र सहयोगमा गाउँपालिकामा काम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा बढी यात्रु घाइते

७ आश्विन २०८०, आईतवार १६:३४
नेपालगञ्ज : काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङका्े लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जना भन्दा बढी यात्रु घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते याुत्रहरूको लमही अस्पताल र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको जिल्ला […]