पूर्व प्रहरी संगठनको दशै मिलन तथा शुभकामना कार्यक्रम

सदरलाइन संवाददाता १९ आश्विन २०८१, शनिबार १९:१६
 

नेपालगञ्ज : सेवा निबृत्त प्रहरीहरुले वाहालबाला प्रहरी सहर नै अझै पनि आफुहरु देशको सेवा गर्न सक्षम रहेको बताएका छन् । नेपाल पूर्व प्रहरी संगठन बाँकेले विजया दशमीलगायतका विभिन्न पर्वहरुको अवसर पारेर आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन ।

लामो समय नेपाल प्रहरी जागीरे जीवन विताएको कारण समाजमा अपराध नियन्त्रण, लागु औषध बिरुद्ध सचेतना फैलाउने, मानवबेचविखन रोकथाम तथा ट्राफिक व्यवस्थापनलगायतका कार्यहरुमा प्रहरीको सहयोगीको रुपमा अझै पनि सेवा दिन आफुहरु सक्षम रहेको नेपाल पूर्व प्रहरी संगठन लुम्बिनी प्रदेश उपाध्यक्ष तथा अवकाश प्राप्त प्रहरी नायव उपरिक्षक ज्योती प्रसाद श्रेष्ठले बताए ।

उनले भने–‘ हामी प्रहरी संगठनकै परिवारको सदस्य हौ । हामी सेवानिबृत्त भएपनि अझै देशको लागि काम गर्न सक्षम छौ हामीले अवकाश प्राप्त गर्दा वर्दीमात्र छाडेर आएका हौ ज्ञान सिप हामी सितै छ ।’

उनले संगठनमा बस्दा उर्जा बल मिल्ने कुरामा जोड दिदै संगठनको नियमित ताकेताको कारण पूर्व प्रहरीलाई मर्दा सलामी, क्रियाखर्च पाउने र बाँच्दा उपचार र पेन्सन पट्टा नविकरणको व्यवस्था आफ्नै जिल्लाबाट हुने व्यवस्था मिलाईएको जानकारी दिए ।


संगठनका केन्द्रीय सदस्य धर्मराज सुनारले संगठनमा आवद्ध रहेर अफैपनि देशको सेव ागर्ने हुटहुटी रहेको बताउदै आफुहरुले जीवन विताएको प्रहरी संगठनले पनि आफुहरुसंग सहकार्य गरेर जानुपर्ने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले समृद्ध समाज निर्माणको लागि प्रहरीले पूर्व प्रहरीसंग सहकार्य गरेर अघि बढ्ने बताए । उनले अवकाश प्राप्त प्रहरी पनि आफ्नै परिवारको सदस्य भएको कुरामा जोड दिदै सहकार्यका लागि सदैव आफुहरु तयार रहेको बताए ।

पूर्व डिएस्पी शशिधर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व डिएस्पी तथा संगठनका संरक्षक कृष्णमान श्रेष्ठ, सूर्यबहादुर खड्का, यामबहादुर गैरेलगायतले शुभकामना व्यक्त गरेको कार्यक्रमको सहजिकरण प्रवक्ता अरुणकुमार सिंहले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *