राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिल्नु पर्छ : महेश बस्नेत

सदरलाइन संवाददाता १२ चैत्र २०७९, आईतवार १३:०६
 

नेपालगञ्ज : नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी, बाँकेले आइतबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बस्नेतले राजनीतिको विकृति अन्त्य गर्न र मुलुकको हितका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले कांग्रेस र एमालेका बीचमा मिलेर अघि बढ्ने बारेमा औपचारिक कुराकानी नभए पनि कांग्रेस र एमालेभित्र मिलेर जानु पर्छ भन्ने मत बाक्लो रहेको जिकिर गरे । बस्नेतले कांग्रेस र एमाले मिल्दा प्रचण्डको च्याखे दाउ सकिने बताए ।

पोलिटब्यूरो सदस्य बस्नेतले अस्थिर चरित्रको नायक प्रचण्ड रहेको, च्याखे थापेर र दलाली गरेर लाभ लिइरहेको आरोपसमेत लगाए ।


युवा विभाग इन्चार्जसमेत रहेका बस्नेतले चैत्र २७–२९ गते नेपालगञ्जमा हुने राष्ट्रिय युवा संघको नवौ महाधिवेशनले कुनै प्रदेशमा धेरै पदाधिकारी, केन्द्रीय सदस्य पर्ने र कुनै प्रदेशमा कोही पनि नपर्ने परिपाटीको अन्त्य गर्ने बताए ।

उनले सबै प्रदेशमा पदाधिकारी र केन्द्रीय सदस्य समेट्ने गरी नयाँ कार्य समिति बनाउने पनि जानकारी दिए ।

युवा संघका उपाध्यक्ष सन्तोष रावलले दशकपछि हुन थालेको महाधिवेशनलाई नमूनायोग्य बनाउने बताउँदै उदघाटनमा १० हजार बढी सहभागी हुने र बन्दसत्रमा दुई हजार सहभागी हुने बताए ।

प्रेस चौतारी, बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपति, युवा नेता रविन्द्र लम्साललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’

१२ चैत्र २०७९, आईतवार १३:०६
दाङ : राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ । “आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ”, सल्यानबाट […]