बाक्लो हुस्सुसँगै नेपालगञ्जमा चिसो बढ्यो

सदरलाइन संवाददाता १९ पुष २०७८, सोमबार १६:११
 

नेपालगञ्ज : नेपालगञ्जमा चिसो बढेको छ । दुई दिनदेखि विहान र साँझ शीतलहरसँगै कुहिरो लागिरहेको छ । नेपालगञ्जको तापक्रम घट्दै गएको छ । जल तथा मौसम विज्ञान विभाग हावापानी कार्यालयका अनुसार नेपालगञ्जमा न्यूनतम तापक्रम १० देखि १५ डिग्री सेल्सियसमा झरेको छ ।

विहान र साँझ शीतलहरसँगै कुहिरो लागेपनि दिउँसो केहीबेर मधुरो घाम देखिने गरेको छ । चिसो बढेसँगै स्थानीय प्रशासनले ठाउँठाउँमा आगो बाल्ने व्यवस्था मिलाउने तयारी गरेको छ ।


प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले तत्काललाई ५ हजार किलो दाउरा दिन वन कार्यालयमा पत्र पठाइसकेको जानकारी दिए । चिसोले गर्दा दैनिक ज्यालादारी काम गरेर खानेलाई समस्या भएको छ ।

विहान स्कुल तथा कलेज जाने बिद्यार्थीहरु पनि मर्कामा परेका छन् । नेपालगञ्जमा चिसोमा अत्याधिक चिसो र गर्मीमा अत्याधिक गर्मी हुने ठाउँ मानिन्छ । शीतलहरसँगैको कुहिरोले गर्दा नेपालगञ्ज विमानस्थलमा विहानका उडान सर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके काँग्रेस संस्थापन ईतर पक्षद्वारा पदाधिकारी उम्मेदवार घोषणा

१९ पुष २०७८, सोमबार १६:११
नेपालगञ्ज :  नेपाली कांग्रेस बाँकेको पुस २७ गते हुने जिल्ला अधिवेशनमा संस्थापन ईतर पक्षका सभापति पदका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सोमबार पदाधिकारी उम्मेदवारहरुको घोषणा गरेको छ । पार्टी कार्यालय नेपालगञ्जमा सोमबार एक कार्यक्रमको आयोजना गरेर पदाधिकारीमा लड्ने उम्मेदवारहरुको घोषणा गरिएको हो । गौडेल समूहको चुनाव प्रचारप्रसार समिति संयोजक तथा लुम्बिनी […]