बाँकेमा बुधवार ३९ जनामा कोरोना पुष्टि, १०९ डिस्चार्ज

सदरलाइन संवाददाता १९ जेष्ठ २०७८, बुधबार १७:१०
 

नेपालगञ्ज : बाँकेस्थित दुईवटा प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा केहि दिनदेखि निरन्तर संक्रमण दर घटिरहेको छ ।

कुल १३३ नमुना परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । भेरी अस्पतालको पीसीआर प्रयोगशालाले बुधवार रिर्पोट दिएको छैन । बागेश्वरी ल्याबमा ८१ नमुना परीक्षण गर्दा २८ जना र मेडिकल कलेज कोहलपुरको ल्याबमा ५२ नमुना परीक्षण गर्दा ११ जनामा गरि कुल ३९ जनामा संक्रमण पुष्टि भएको हो ।


संक्रमण पुष्टि हुनेहरुमध्ये ७ जना बाँकेका छन् । १ जना महिला र ६ जना पुरुष गरि जिल्लाका थप ७ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ७९ हजार १३४ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैबीच बुधवार बाँकेमा १०९ जना डिस्चार्ज भएका छन् । ४९ जना महिला र ६० जना पुरुष कोभिड संक्रमणबाट निको भएको समितिले जनाएको छ । कोरोना भाइरस संक्रमणका कारण २४ घण्टामा जिल्ला बाहिरबाट आएका ३ जना र जिल्लाका १ जना गरि कुल ४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पताल अध्ययन समितिको प्रतिबेदन ‘सुनियोजित नभई आवेगमा’ भएको निश्कर्ष

१९ जेष्ठ २०७८, बुधबार १७:१०
नेपालगञ्ज  : गत जेठ १३ गते राती भेरी अस्पतालको कोभिड वार्डमा उपचारत संक्रमितको उपचारको क्रममा मृत्यु भएपछि आफन्तद्वारा उपचारमा संलग्न चिकीत्सक नर्सिङ्गस्टाफ माथिको हातपात तथा तोडफोडको विषयमा अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिबेदन सार्वजनिक गरेको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शकरबहादुर बिष्टको संयोजकत्वमा भेरी अस्पतालका डाक्टर र नर्समाथि […]

ताजा अपडेट