बाँकेमा यस वर्ष छिट्टै रोपाई हुने

सदरलाइन संवाददाता ३ असार २०७८, बिहीबार १४:५१
 

नेपालगञ्ज : बाँकेमा यो वर्ष गत वर्ष भन्दा अगाडी नै धान रोपाई हुने भएको छ । समयमै पानी परेकाले धान रोपाइँका लागि किसानहरु तयारीमा जुटेका छन् ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार व्याड तयार भइसकेकाले रोपाइँको लागि किसानहरु तयारी अवस्थामा छन् ।


बाँकेमा रामधान, राधा ४, सामामनसुली, चैते पाँच, हाइब्रेड जातको धान खेती हुने गरेको छ । कार्यालयले परीक्षणका लागि केही नयाँ जातका धान पनि किसानमाझ पठाइएको ढकालले बताए ।

बाँकेमा करिव साढे ३६ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ । समयमै बर्षा भएकाले किसानले समयमै धानको व्याड राख्न पाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अविरल वर्षाले राप्ती नदी आसपासका बस्ती जोखिममा

३ असार २०७८, बिहीबार १४:५१
नेपालगञ्ज : केही दिनदेखिको अविरल वर्षाले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानले क्षति पुर्याएको छ । वर्षापछि पहाडी जिल्लाका विभिन्न स्थानमा सडक भत्किनुका साथै पहिरो गएको छ । समथर क्षेत्रमा डुबान सुरु भएको छ । नारायणी र खहरे खोलामा आएको बाढीका कारण पश्चिम नवलपरासीमा २ सयभन्दा बढी घर डुबानमा परेका छन् […]

सम्बन्धित