पूर्व मन्त्री दिनेशचन्द्र यादवको निधन

सदरलाइन संवाददाता १ माघ २०७७, बिहीबार ०७:४१
 

नेपालगञ्ज : नेकपाका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दिनेशचन्द्र यादवको मृत्यु भएको छ । कोरोना संक्रमित यादवको ग्राण्डी अस्पताल काठमाण्डौमा उपचारका क्रममा बुधवार राती ढाई बजे मृत्यु भएको हो ।

गम्भिर प्रक्रितिको कोरोना देखिएको उनलाई नेपालगञ्जबाट थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ लगेर उपचार गराइ रहँदा पनि उनको स्वास्थमा सुधार नहुँदा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।


भुमि ब्यबस्था समस्या समाधान आयोगका केन्द्रीय सदस्यसमेत रहेका यादवको उपचारका क्रममा मृत्यु भएको नेकपा नेता दत्तप्रसाद आचार्यले जानकारी दिए । यादवको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।

Next Post

आज माघे संक्रान्ति, विभिन्न कार्यक्रम गरी मनाईंदै

१ माघ २०७७, बिहीबार ०७:४१
नेपालगञ्ज : आज (बिहीवार) माघ १ अर्थात माघे संक्रान्ति । मुलुकभर विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति मनाईंदै छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । तराईवासीले माघ १ लाई नहान अर्थात नुहाउने पर्वका रुपमा […]