७५ जिल्लामा डेगु, स्वास्थ्य संकटकाल घोषणा गर्नेबारे अध्ययन

सदरलाइन संवाददाता २० भाद्र २०७९, सोमबार १५:०९
 

नेपालगञ्ज : मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेगु सङ्क्रमण पुष्टि भएको छ । यससँगै डेंगु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन् ।

काठमाण्डौ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाण्डौमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि भएको छ । ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई नै डेङ्गु पुष्टि भएको छ । गत जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेंगु पुष्टि भएको छ ।


सबैभन्दा धेरै ललितपुरमा एक हजार ८३२, काठमाण्डौमा ८८८, भक्तपुरमा ९९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । पछिल्ला दिनमा उपत्यकालगायत ७५ वटै जिल्लामा डेंगुले महामारीको रूप लिन थालेपछि डेङ्गु प्रकोपलाई महामारीका रूपमा घोषणा गर्ने तयारीमा छलफल भइरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले नेपालमा डेंगु बढ्दै गएकाले स्वास्थ्य सङ्कटकाल लगाउने विषयमा छलफल शुरु भएको बताए । उनले स्वास्थ्य सङ्कटकाल (महामारी)घोषणाका लागि केही प्रावधान पूरा गर्नुपर्ने भन्दै ती प्रावधान पूरा भए सङ्कटकाल लगाउन सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला प्रहरी कार्यालय बाँकेलाई मन्त्रालयको सम्मान

२० भाद्र २०७९, सोमबार १५:०९
नेपालगञ्ज : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय बाँकेलाई सम्मान गरेको छ । मन्त्रालयले सोमबार मानव बेचविखन तथा ओसारपसारविरुद्धको १६औं राष्ट्रिय दिवस–२०७९ को अवसरमा मानव बेचविखन तथा ओसारपसार, रोकथाम, नियन्त्रण र अनुसन्धानको क्षेत्रमा पीडित–प्रभावितहरुको उद्धार तथा न्याय पहुँच पुर्याएको भन्दै जिप्रका बाँकेलाई सम्मान गरेको हो । महिला […]