जिल्ला समन्वय समितिको लागि बाँकेमा एमाले र संघीय समाजबादी फोरमबीच तालमेल

२५ असार २०७४, आईतवार १९:४०
 

सदरलाइनडटकम 
२५ असार, नेपालगन्ज : स्थानीय तह निर्वाचनको सबै नतिजा सार्वजनिक भए लगत्तै बाँकेमा जिल्ला समन्वय समिति गठनको लागि प्रयास सुरु भएको छ । ४ स्थानीय तह सहित २९ वडा जितेर पहिलो पार्टी बनेको एमाले र १ स्थानीय तह सहित ८ वडा जितेको संघीय समाजबादी फोरम नेपालबीच तालमेल हुने भएको छ ।
एमाले बाँकेका अध्यक्ष अशोक कोईराला र संघीय समाजबादी फोरम नेपाल बाँकेका अध्यक्ष कमरुद्दीन राईले सहकार्य पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका छन् । दुई पार्टीको शक्ति सन्तुलनका आधारमा जिल्ला समन्वय समितिमा प्रमुखसहित ६ सदस्य एमाले, उप–प्रमुखसहित एक पुरुष र एक महिला सदस्य संघीय समाज वादी फोरम नेपालको प्रतिनिधित्व गराउने सहमति भएको छ ।
सो सहमतिमा डुडुवामा एमाले एक भित्र संघीय समाजवादी फोरम नेपाल एक भित्र एक बाहिर जानकी गाँउपालिकामा संघीय समाजवादी फोरम नेपाललाई एक भित्र एक बाहिर र बाँकी सबै एमालेले लिने र जानकी गाँउपालिकामा संघीय समाजवादी फोरम नेपालले बाहिरबाट लिएको सदस्यलाई जिल्ला समन्यय समितिमा लिएपछि खाली भएको बाहिरी सदस्यमा एमालेलाई दिने र भित्री थप संघीय समाजवादी फोरम नेपाललाई दिने उल्लेख छ ।
यसैगरी साथै नरैनापुर गाँउ पालिकामा जिल्ला समन्वय समितिमा गठनपछि खाली हुने एक स्थानमा एमालेलाई दिने र त्यसको सट्टा फोरमले मागेको ठाउँमा एक सदस्य एमालेले दिने गरि सहमति भएको एमाले अध्यक्ष अशोक कोईरालाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खासकुस्माका ५५ जना जेष्ठ नागरिक सम्मानित हुँदा दंग

२५ असार २०७४, आईतवार १९:४०
सदरलाइनडटकम    २६ असार नेपालगन्ज : केही दिन अघिमात्र सामाजिक सुरक्षा भत्ता बुझेकी राप्ती सोनारी–१ की ९१ वर्षिया पुनी दमाईलाई वडा कार्यालयमा बोलाएर हातमा छाता, टर्च, दोसल्ला र हर्लिक्स राखिदिदा उनी दंग परिन । उनी जस्तै राप्ती सोनारी–१ कै ८५ वर्षिया नेभाकुमारी सुवेदीले पनि तिन छक परिन । वडा कार्यालयबाट […]