अटो दुर्घटनामा परि महिलाको मृत्यु

सदरलाइन संवाददाता ३० कार्तिक २०८०, बिहीबार १३:२४
 

नेपालगञ्ज : दाङको बंगलाचुलीमा अटो दुर्घटना हुँदा एक जना महिलाको ज्यान गएको छ । दुर्घटनामा बंगलाचुली गाउँपालिका – ५ की ६५ वर्षीया भेगी बुढाको ज्यान गएको हो । दुर्घटनामा घाइते बुढाको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

बुधवार दिउँसो बंगलाचुली–५ को गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नम्बरको अटो ब्रेक फेल भई झन्डै पाँच सय मिटर तल खसेको थियो ।


घाइतेलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । तर, उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको थियो ।

दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले घाइते बुढाको उपचारका क्रममा गएराति ज्यान गएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तिहारमा पनि नेपाली उपभोक्ताको रुपईडिहामै भिड

३० कार्तिक २०८०, बिहीबार १३:२४
नेपालगञ्ज : तिहारमा पनि सीमापारि भारतको रूपईडिहा बजारबाट नै बाँकेका अधिकाशं उपभोक्ताले चाडपर्वको चाहिने सामान खरिद गरेका छन् । विगतका चाडपर्वजस्तै यस पटक पनि नेपालगञ्ज बजारमा खासै चहलपहल देखिएन । तर सामान खरिदका लागि सीमापारि जानेहरुको भिडले गर्दा नाकामा घण्टौ लाम लागेको दृश्य भने दैनिक जसो देखियो । नेपाली उपभोक्तालाई […]

सम्बन्धित