रोजगार शिक्षा आजको आवश्यकता : मुख्यमन्त्री चौधरी

सदरलाइन संवाददाता ३ पुष २०८०, मंगलवार १७:४८
 

बर्दिया : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उत्पादनमूलक र रोजगारमूलक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको चुरे माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले अहिले उठ्ने गरेको हाम्रो शिक्षामाथिको अनुत्पादक प्रश्नलाई मेटाउन आजको आवश्यकता अनुसारको उत्पादन र रोजगारमूलक शिक्षा आवश्यक रहेको बताए ।

मुख्यमन्त्री चौधरीले हाम्रो मुलुकको शिक्षा र शिक्षकको विषयमा कुरा गर्दा शिक्षा क्षेत्रमा राजनीति भएको, शिक्षक राजनीतिमा बढी केन्द्रित भएको र शिक्षा अनुत्पादक भएको टिप्पणी हुनेगरेको बताए ।


उनले भने, ‘शिक्षा, शिक्षकमाथि उठ्ने गरेका टिप्पणी र प्रश्न अब हामी सबैका साझा भइसक्यो । यसलाई निराकरणका लागि तीनै तहका सरकार योजनाबद्ध तरिकाबाट अगाडि बढ्नुपर्छ ।’

शिक्षाले कुुशल वैज्ञानिक, कुशल प्रशासक, कुशल राजनीतिज्ञ, कुशल कृषक र कुशल शिक्षक जन्माउने हुँदा शिक्षामा शिक्षकको भूमिका महत्वपूर्ण हुने मुख्यमन्त्री चौधरीको भनाइ छ ।

शिक्षालाई आवश्यकताअनुसार व्यवसायीकरण गरेर अघि बढ्नु पर्नेमा उनले जोड दिए । ठाकुरबाबा नगरपालिका–३ मा रहेको चुरे माध्यमिक विद्यालयको स्वर्ण उत्सवको अबसरमा विद्यालय स्थापनाकालदेखिका संस्थापक सदस्य तथा शिक्षकलाई सम्मान गरेको थियो । बर्दियाको तेस्रो पुरानो अग्रणी शिक्षण संस्थाको रुपमा रहेको यस विद्यालयको स्थापना २०३० पुष ३ गते भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सावरी दुर्घटनाबाट जोगाउन बाँके ट्राफिकको टल्कने स्टिकर अभियान

३ पुष २०८०, मंगलवार १७:४८
नेपालगञ्ज  :  जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जिल्ला प्रहरी कार्यालय बाँकेसंगको सहकार्यमा चिसो शितलहर र हुस्सु बेलामा ‘लो भिजन’को कारण सवारी साधन दुर्घटना हुनसक्ने भएकोले दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सवारी साधनको पछाडि टल्कने स्टीकर टाँस गर्न सुरु गरेको छ । तराईमा चिसो शितलहर र हुस्सु बेलामा लो भिजनको कारण सवारी […]