बाँकेमा बैङ्किङ कसूर मुद्दामा फरार एक जना पक्राउ

सदरलाइन संवाददाता १३ फाल्गुन २०७९, शनिबार १३:१०
 

नेपालगञ्ज : बैङ्किङ कसूर मुद्दामा फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, बाँके जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष ४० का वासिर अली शेष कबडिया रहेका छन् ।


बाँके जिल्ला अदालतले उनी माथि बैङ्किङ कसूर मुद्दामा १ बर्ष ६ महिना कैद सजाय तोकेको थियो । त्यसपछि उनी हालसम्म फरार रहेको थिए ।

शेषलाई पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनगढीमा सभागृह बन्यो, अझै प्रयोगमा आएन

१३ फाल्गुन २०७९, शनिबार १३:१०
धनगढी : कैलालीको धनगढीमा ठूलो लगानीमा बनेको सभागृह (सिटी हल) अझै सञ्चालनमा आउन सकेको छैन । गत असारमै निर्माण कार्य सम्पन्न भए पनि थप व्यवस्थापनको काम अगाडि नबढ्दा हल सञ्चालनमा आउन नसकेको हो । सङ्घीय सरकारको २५ करोड २६ लाख रुपैयाँ लगानीमा धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा सिटी हल निर्माण गरिएको […]