मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई

सदरलाइन संवाददाता ७ बैशाख २०७९, बुधबार १६:०८
 

नेपालगञ्ज : मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधवार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।

देशकै सर्वाधिक धनराशिको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी सङ्घको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ ।


उपविजेता एफिएफले नगद ८० हजारमा चित्त बुझाएको छ । सेमिफाइनल पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुवै टोलीले ४०/४० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताका विजयी खेलाडीहरूलाई एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहराको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रमका विशिष्ट अतिथि सुप प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकवहादुर सिंह रहेका थिए । कैलाली जिल्ला कबड्डी सङ्घका अध्यक्ष कमल पन्तको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको नेतृत्वमा कुरा नमिल्दा सत्ता गठबन्धनको बैठक लम्बियो

७ बैशाख २०७९, बुधबार १६:०८
नेपालगञ्ज : अधिकांश महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्व भागवण्डा टुंग्याएको सत्तारुढ गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वको विवाद मिलाउन नसक्दा बैठक लम्बिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्जको नेतृत्व नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले दाबी गरेपछि सहमति हुन नसकेको नेताहरुले बताएका छन् । मंगलबार राति ९ […]

सम्बन्धित