बाँकेमा १६२ संक्रमित थपिए, ४६ डिस्चार्ज

सदरलाइन संवाददाता ११ माघ २०७८, मंगलवार १४:३८
 

नेपालगञ्ज : बाँकेमा परीक्षण भएकामध्ये मंगलवार ६५ प्रतिशतबढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा दुई सय ४७ नमुना परीक्षण भएकोमा एक सय ६२ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा एक सय ३६ जनाको नमुना जाँच गर्दा ८९, मेडिकल कलेज कोहलपुरमा ७९ जनाको नमुना जाँच गर्दा ५४ र बागेश्वरी ल्यावमा ३२ नमुना जाँच गर्दा १९ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । संक्रमण पुष्टि भएकामध्ये बाँकेका ९७ जना छन् ।


नेपालगञ्ज, कोहलपुरसहित खजुरा, राप्तीसोनारी, जानकी गाउँपालिकामा पनि संक्रमण दर बढ्दै गएको देखिन्छ । जिल्लामा सक्रिय संक्रमितको संख्या आठ सय २३ पुगेको छ । मंगलवार संक्रमण पुष्टि भएका संक्रमितसहित जिल्लामा कुल संक्रमितको संख्या १९ हजार तीन सय आठ पुगेको छ ।

यस्तै मंगलवार थप ४६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार तीन सय ४९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काखमा नानी च्यापेर साक्षरता कक्षामा सहभागी हुँदै किंगरियन बुहारीहरु

११ माघ २०७८, मंगलवार १४:३८
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडानं २२ किंगरियनपुरवाकी यास्मिन बानोको दिनचार्य अजकल फेरिएको छ । अघिपछिका दिनमा घरमै बसेर बालबच्चा हेर्ने र चुलो चौको गरेर दिन बिताउने उनी आजकल साढे ३ वर्ष, डेढ वर्ष र ६ महिनाका तीनवटा बच्चा काखमा च्यापेर साक्षरता कक्षामा साक्षर हुन आउने गरेकी छन् । नेपालगञ्ज उप–महानगरपालिकाले […]