रोजगारी सृजनाका लागि रोजगारदाताहरुलाई अभिमुखिकरण

सदरलाइन संवाददाता ८ फाल्गुन २०७९, सोमबार १३:२६
 

नेपालगञ्ज : बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा रोजगारी सृजनाका लागि रोजगारदाताहरुलाई अभिमुखिकरण आयोजना गरेकोे छ । प्लान नेपालको सहयोगमा क्लबद्वारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो अभिमुखिकरण आयोजना गरिएको हो ।

कार्यक्रममा गुलरियामा रहेका विभिन्न सेवा प्रदायक संस्था, फर्म, कम्पनी, बिद्यालय,सहकारी, होटेल व्यवसायी र उद्योग बाणिज्य संघका प्रतिनिधिहरु र श्रमिकहरुविच लैगिक समानता र श्रम एन सम्बन्धि छलफल भएको थियो । सो अभिमुखिकरणको सहजिकरण अधिवक्ता राजकुमार थारूले गरेका थिए ।

कार्यक्रममा परियोजनाको उद्देश्य, हालसम्मको प्रगति समिक्षा र रोजगारि सृजना गर्न सहयोग पुग्नका लागि रोजगारदाताले गर्नुपर्ने कार्यका बारेमा छलफल गरिएको थियोे ।


युवा महिलालाई विभिन्न रोजगारदाताको निकायमा रोजगार दिलाउन सहयोग पुग्ने वातावरण बनाउन तथा लैगिक समानता कायम गरेर मर्यादित काममा लाग्न सहजताका लागि अभिमुखिकरण गरिएको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताए ।

सो अभिमुखिकरणमा ३५ जनाको सहभागिता रहेको क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीका नवनियुक्त कृषि मन्त्री यादवद्वारा शपथ ग्रहण

८ फाल्गुन २०७९, सोमबार १३:२६
नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । जनता समाजवादी पार्टी संसदीय दलका नेता यादव मुख्यमन्त्री लिला गिरीको सिफारिसमा आइतवार कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त भएका थिए । बाँकेको प्रदेशसभा २(१) बाट निर्वाचित यादवलाई सोमवार प्रदेश प्रमुखको […]